प्राइम लाइफको २ लाख ७१ हजार कित्ता सेयर लिलामीमा

May 09, 2018 Merolagani

प्राइम लाइफ इन्स्योरेन्स (PLIC) ले जेठ २ गतेदेखि १६० प्रतिशत हकप्रदमा अवितरित २ लाख ७१ हजार ९७८ कित्ता साधारण सेयर लिलाम बढाबढमा विक्रीमा ल्याउने भएको छ ।

प्राइम लाइफले चुक्ता पुँजी बढाउन गत फागुन २७ देखि बैशाख ३ गतेसम्म १६० प्रतिशत हकप्रद बिक्री खुला गरेकोमा सबै सेयरका लागि आवेदन नपरेपछि बाँकी सेयर लिलामी गर्न लागेको हो ।

इच्छुक लगानीकर्ताले बिक्री प्रवन्धक लक्ष्मी क्यापिटल मार्केट्स नयाँ बानेश्वर,तथा लक्ष्मी बैंकको शाखा कार्यालयहरु विराटनगर, बीरगञ्ज, बुटवल, पोखरा, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट जेठ ९ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।