जोशीले राष्ट्र बैंकको निर्देशन पालना नगरेको, निर्देशन कार्यान्वयनमा बाधा पुर्याएको, सञ्चालक समितिको निर्देशन अटेर गर्ने र निर्धारित हदभन्दा बढी शेयरधारण गरेको भन्दै राष्ट्र बैंकले कारबाही गरेको जनाएकाे छ ।
राष्ट्र बैंकले जोशीलाई दुई पटक सफाईको मौका दिए पनि जोशीले बुझाएको सफाई पत्र चित्त बुझ्दो नभएपछि पाँच लाख रुपैयाँ जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ । जोशीका कारण राष्ट्र बैंकले सामुदायिक लघुवित्तलाई साधारण सेयर (आईपीओ) निष्कासनमा समेत रोक लगाएको थियाे ।