सिद्धार्थ बैंकले हकप्रदमा नबिकेको सेयर लिलाम गर्ने

May 10, 2018 Merolagani

सिद्धार्थ बैंक (SBL) ले जेठ ३ गतेदेखि १० प्रतिशत हकप्रदमा अवितरित भएको २ लाख १४ हजार ३३५ कित्ता सेयर लिलामी गर्ने भएको छ ।

बैंकले गत फागुन २ गतेदेखि निष्काशन गरेको ६८ लाख २६ हजार ११७ कित्ता सेयरमध्ये एक लाख ७४ हजार ३१५ कित्ता सर्वसाधारण र ४० हजार २० दशमलव ६४ कित्ता संस्थापक समूहको सेयर विक्री नभएपश्चात लिलाम बढाबढमा विक्री गर्न गर्न लागेको हो ।

हकप्रद सेयर लिलामी खरिद गर्न लगानीकर्ताले बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलको कार्यालष् नक्साल तथा सिद्धार्थ बैंकको विराटनगर, सुर्खेत, वीरगञ्ज, नेपालगञ्ज, पोखरा, बुटवल र धनगढी शाखाबाट जेठ १० गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

बैंकको सेयर बुधबार नेप्सेमा प्रतिकित्ता ३४० रुपैयाँमा कारोबार भएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७७ करोड २८ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६४ पैसा कायम गरेकाे छ ।

बैंकले गत वर्षको कमाईबाट वितरण गरेकाे १४ प्रतिशत बोनस र १० प्रतिशत हकप्रदश्चात बैंकको चुक्ता पुँजी ८ अर्ब ४६ करोड रुपैयाँ कायम हुनेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।