गतबर्षको तेस्रो त्रैमासमा चिलिमेले ६८ करोड ५६ लाख खुद नाफा कमाएको थियो ।
बिद्युत बिक्रीबाट भएको आम्दानी घटेपछि कम्पनीको नाफा घटेको हो । गतबर्षको चैत्रसम्म ८४ करोड विद्युत बिक्रीबाट आम्दानी गरेको कम्पनीले चालु बर्षको चैत्रसम्म ८० करोड आम्दानी गरेको छ । यता कम्पनीको विद्युत बिक्री लागत बढेको छ भने सरकारलाई तिर्नुपर्ने कर समेत झण्डै दोब्बर बढेको छ ।
कम्पनीको विद्युत बिक्रीको आम्दानी घटेपनि ब्याज तथा अन्य आम्दानी भने ३४ प्रतिशतले बढेको छ ।
तीन अर्ब ९६ करोड चुक्ता पूँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी २२ रुपैयाँ कायम भएको छ । जसको. जगेडा कोषमा चार अर्ब ७० करोड छ ।
कम्पनीको २७० मेगावाट बराबरका चार आयोजना निमार्णका क्रममा रहेका छन भने त्यस्तै कम्पनीले सर्वेक्षण अनुमति पाएका १५६ मेगावाटको सेतीनदी ३ र ४२० मेगावाट क्षमताको बुढीगण्डकीको काम अघि बढाउन चुनौती छ ।
कम्पनीमा नेपाल विद्युत प्राधिकरणको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत हिस्सा रहेको छ । जसमध्ये १० प्रतिशत स्वामित्व स्थानियको रहेको छ । यस कम्पनीको सहायक कम्पनीहरुमा रसुवागढी हाइड्रोपावरमध्ये भोटेकोशी जलविद्युत कम्पनी र सान्जेन जलविद्युत कम्पनी रहेका छन् ।