स्वावलम्बन लघुवित्तको खुद नाफा बढ्यो, यस्ता छन् अन्य सूचकमा प्रगति

May 10, 2018 Merolagani

स्वावलम्बन लघुवित्त (SWBBL) ले तीन करोडले खुद नाफा बढाएको छ । गत बर्षमा २० करोड ५० लाख नाफा आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २३ करोड ५९ लाख रूपैयाँ खुद नाफा गरेको हो ।

समीक्षा अवधिमा कम्पनीले साढ ८ करोड चुक्ता पूँजी बढाएर ५० करोड ३१ लाख पुर्याएको छ भने निक्षेप संकलन ३ अर्ब ८७ करोडबाट बढाएर ५ अर्ब ३५ करोड १२ लाख ४७ हजार रुपैयाँ पुर्याएको छ । कर्जा विस्तारतर्फ ७ अर्ब ८८ करोडबाट बढाएर ९ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

गत वर्ष ७१ करोड ६७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तको खुद ब्याज आम्दानी ६२ करोड ५४ लाख रुपैयाँमा संकुचन आएको छ । कम्पनीले एक अर्ब १८ करोड व्याज आम्दानी गर्दा ५६ करोड २० लाख खर्च गरेको छ ।

अन्य सञ्चालन आम्दानी ९९ लाखबाट १३ करोड गरेपछि लघुवित्तको सञ्चालन नाफा ३२ करोडबाट बढेर ३६ करोड ८९ लाख रुपैयाँमा पुर्याएको छ । सम्भावित जोखिमका लागि ५ करोड २२ लाख ९८ हजार रुपैयाँ छुट्याउँदा यस अवधिमा ५ लाख ४७ हजार रुपैयाँ राइट व्याक गरेको छ ।

कम्पनीले जगेडा कोषकाे रकम २० प्रतिशतले बढाएर ८१ करोड ५५ लाख १६ हजार रुपैयाँ संञ्चित गरेको छ । लघुवित्तको प्रतिसेयर आम्दानी ६२ रुपैयाँ ५३ पैसा, प्रतिसेयर नेटवर्थ भने २६२ रुपैयाँ ०९ पैसा र खराब कर्जा १.०२ प्रतिशत रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।