नेरुडे लघुवित्तको वित्तीय प्रतिवेदन देखियो नाजुक, प्रतिसेयर आम्दानीमा तीन गुणा ह्रास

May 10, 2018 Merolagani

चालू आर्थिक बर्षको तेश्रो त्रैमासमा लघुवित्तले खस्किएको प्रगति विवरण प्रकाशित गरिरहँदा नेरुडे लघुवित्त (NLBBL) पनि सामेल भएको छ । गत बर्ष यसै अवधिमा सात करोड ८५ लाख रुपैयाँ खुद नाफा गरेको लघुवित्तको ५२.६१ प्रतिशतको ह्रास ब्यहोरेर तीन करोड ७२ लाख रुपैयाँ मात्र गरेको छ ।

समीक्षा अवधिमा एक अर्ब ४० करोड निक्षेप संकलन गरी तीन अर्ब ७५ करोड कर्जा प्रबाह गरेको छ । ३० करोड चुक्ता पूँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ २५ पैसामा झरेको देखिन्छ । गत बर्ष ४८ रुपैयाँ ५० पैसा रहेको थियो ।

बाणिज्य बैंकहरु मार्फत महङ्गो ब्याजदरमा निक्षेप सापटी लिनुपर्दा कम्पनीको ब्याज खर्च दोब्बर भएको छ । गत बर्ष १२ करोड ब्याज खर्च गरेकोमा चालू आवको ९ महिना अवधिमा २३ करोड ७७ लाख खर्च गरेको छ ।

यस अवधिमा ३६ करोडबाट ४६ करोड व्याज आम्दानी गरेको छ । यसले लघुवित्तको खुद व्याज आम्दानी एक करोड घटेर २२ करो ५८ लाखमा सीमित भएको छ ।

उता अन्य सञ्चालन खर्च र कर्मचारी खर्चमा भएको वृद्धिले सञ्चालन मुनाफा १२ करोड ३४ लाखबाट आधा बढी घटेर पाँच करोड ८६ लाख मात्र गरेको छ ।

खराब कर्जा अनुपात ०.८३ प्रतिशतबाट १.५६ प्रतिशत बढेपछि नोक्सानी वापतको रकम पनि दोब्बरले बढाएर राखेको छ । गत बर्ष एक करोड ७ लाख नोक्सानी कोषमा व्यवस्था गरकोमा दुई करोड ८९ लाख पुगेको हो ।

२६ करोड २७ लाख रुपैयाँ जगेडा कोषमा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ८८ पैसा, र मूल्य आम्दानी अनुपात ४८.८० गुणा बढी रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।