युनाइटेडको विद्युत बिक्रीबाट हुने आम्दानी २२ करोड ६७ लाख गरेको छ । कम्पनीले यस त्रैमासमा मोदी खोलामा पानीको बहाब कम हुँदै जाने भएकाले विद्युत्त विक्रीबाट हुने आय घटेको जनाएको छ ।
एक अर्ब १५ करोड रुपैयाँ सेयर पुँजी रहेको युनाइटेड मोदीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ५५ पैसा तथा प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ३४ पैसा रहेको छ ।
२२ करोड १० लाख खुद चालू सम्पत्ती रहेको कम्पनीको जगेडा कोषमा ६ करोड १३ लाख रुपैयाँ सञ्चित रहेको छ ।