उन्नतिको खुद नाफामा १३.६३ प्रतिशतको उन्नति

May 11, 2018 Merolagani

चालु आर्थिक बर्षको तेश्रो त्रैमाममा उन्नति माइक्रोफाइनान्स (UMB) ले एक करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत बर्षको तेश्रो त्रैमासमा एक करोड ५९ लाख रुपैयाँ आर्जन गरेको थियो ।

माईक्रोफाइनान्सको चुक्ता पूँजी ५ करोड ५० लाख रुपैयाँ र जगेडा कोषमा तीन करोड २९ लाख रुपैयाँ सञ्चित छ । यस अवधिमा लघुवित्तले २८ करोड २१ लाख रुपैयाँ निक्षेप संकलन गर्दा ८८ करोड ६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । 

तेश्रो त्रैमाससम्ममा उन्नतिले १० करोड ७५ लाख रुपैयाँ ब्याज आम्दानी गर्दा ब्याज खर्च ६ करोड ९ लाख रुपैयाँ खर्च गर्दा खुद ब्याज आम्दानी ४ करोड ६६ लाख रुपैयाँ गरेको छ ।

माइक्रोफाईनान्सको कर्मचारी खर्चमा दुई करोड ६० लाख रुपैयाँ र अन्य सञ्चालन खर्च ९० लाख रुपैयाँ गर्दा सञ्चालन नाफा दुई करोड ८१ लाख रुपैयाँ भएको छ । जुन गत बर्षभन्दा ४० लाख बढी हो ।

यस अवधिमा उन्नतिकाे निष्कृय कर्जा अनुपात बढेर ०.३६ प्रतिशत पुगेकाे छ । जसकाे प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ८६ पैसा र मूल्य आम्दानी अनुपात १३.९५ गुणा रहेको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।