डिप्रोक्सको प्रतिसेयर आम्दानी ४६ रुपैयाँ घट्यो, कम्पनीले देखायो यस्ता कारण

May 11, 2018 Merolagani

लघुवित्त कम्पनीमा आफुलाई अब्बल रुपमा स्थापित गर्दे आएको डिप्रोक्स लघुवित (DDBL) पनि खुद नाफा बढाउन नसक्ने कम्पनीमा दर्ज भएको छ । तेश्रो त्रैमास अवधिमा कम्पनीले गत बर्षभन्दा तीन करोड १० लाख रुपैयाँ कम १७ करोड ७५ लाख मात्र खुद नाफा कमाएको छ ।

गत आवको तेश्रो त्रैमासमा लघुवित्तको खुद नाफा २० करोड ८५ लाख रुपैयाँ रहेको थियो । यस त्रैमासमा खुद नाफा १४.८८ प्रतिशतले घटेको हो । ७० करोड ३१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तले जगेडा कोषमा ४५ करोड ९० लाख रुपैयाँ सञ्चित छ ।

लघुवित्तले नाफा घट्नुमा कर्जाको व्याजदरमा राष्ट्र बैंकले निर्देशनले आएको संकुचन तथा बाणिज्य बैंकको आधार ब्याजदर वृद्धिलाई प्रमुख कारण उल्लेख गरेको छ ।

लगानी योग्य रकमको अभाव र सञ्चालन खर्चमा आएको वृछि तथा लघुवित्तको संख्यामा आएको वृद्धिले सदस्यताको दोहोरोपना र सदस्यता परित्याग जस्ता अन्य कारणले नाफा घटेको कम्पनीले वित्तीय विवरणमा उल्लेख गरेको छ ।

चुक्ता पूँजी बढाए अनुसार व्यवसाय विस्तार गर्न नसक्नु पनि कम्पनीको नाफामा गिरावट आउने अर्को प्रमुख कारण देखिन्छ । समीक्षा अवधिमा लघुवित्तले २ अर्ब १७ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गर्दा ७ अर्ब ११ करोड २ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

तेश्रो त्रैमाससम्ममा ८१ करोड २९ लाख रुपैयाँ ब्याज आम्दानी गर्दा ३५ करोड ८० लाख रुपैयाँ ब्याज खर्च गरेको छ । यसबाट कम्पनी ४५ करोड ४८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल देखिन्छ । गत बर्ष ४५ करोड ३ लाख रहेको थियो ।

लघुवित्तले कर्मचारी खर्चमा १८ करोड ४ लाख रुपैयाँ र अन्य सञ्चालन खर्च ५ करोड १५ लाख रुपैयाँ तथा सम्भावित नोक्सानी व्यवस्था कोषमा ७ करोड ६७ लाख रुपैयाँ खर्च गर्दा लघुवित्तको सञ्चालन नाफा १३ करोड एक लाखमा खुम्चिएको छ । गत बर्ष लघुवित्तले २८ करोड १८ लाख सञ्चालन नाफा कमाएको थियो । सञ्चालन नाफा भने १८.३६ प्रतिशतले घटेको हो

निष्कृय कर्जा ०.७९ प्रतिशत रहेको कम्पनीको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ६७ पैसा र मूल्य आम्दानी अनुपात २१.७८ गुणा रहेको छ । गत बर्ष कम्पनीको प्रतिसेयर आम्दानी ७९ रुपैयाँ ८७ पैसा रहेको थियो । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।