ग्रामीण विकास लघुवित्तकाे खुद नाफा पाँच करोडले घट्यो

May 11, 2018 Merolagani

चालु आर्थिक बर्षको तेश्रो त्रैमासमा ग्रामीण विकास लघुवित्त (GBLBS) ले १४ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत बर्ष १९ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको लघुत्तिको नाफा २६.५८ प्रतिशतले घटेको हो ।

लघुवित्तको चुक्ता पूँजी ६५ करोड ५० लाख रुपैयाँ र जगेडा कोषमा २८ करोड ४० लाख रुपैयाँ सञ्चित छ । लघुवित्त कम्पनीले चुक्त्ता पूँजी ९ कराेड ७५ लाख तथा जगेडा ७ कराेड ६३ लाखले बढाएकाे छ । तेश्रो त्रैमाससम्ममा उसले दुई अर्ब ६० करोड २७ लाख रुपैयाँ निक्षेप संकलन तथा ८ अर्ब ५१ करोड ९३ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ । 

यस अवधिमा लघुवित्तले एक अर्ब ७ करोड ३५ लाख रुपैयाँ ब्याज आम्दानी गरेर ४७ करोड ४६ लाख रुपैयाँ ब्याज खर्च गरेपछि ५९ करोड ८९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

निष्कृय कर्जा बढेर ४.९६ प्रतिशत पुगेपश्चात आठ करोड तीन लाख खराब कर्जा नोक्सानी व्यवस्था गरेको कम्पनीले दुई करोड ७५ लाख असुली गरेको छ । ब्याज खर्च ७४ प्रतिशतले बढेपछि लघुवित्तको सञ्चालन मुनाफा गत बर्षभन्दा झण्डै ८ करोड घटेर १८ करोड ५९ लाख रुपैयाँमा सीमित भएको छ ।

लघुवित्तको प्रतिसेयर आम्दानी २९ रुपैयाँ २६ पैसा, प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ३७ पैसा, र मूल्य आम्दानी अनुपात १९.०६ गुणा बढी रहेको छ । गत बर्ष कम्पनीको प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ८३ पैसा रहेको थियो ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।