अधिकांश लघुवित्तहरुको मुनाफामा यसकारण आयो ह्रास, कसको अवस्था कस्तो ?

May 11, 2018 merolagani

- सुरेन्द्र थापा
चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा अधिकांश लघुवित्त कम्पनीहरुले खुद मुनाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेका छन् । बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलताको असहज अवस्थाले कर्जाको ब्याजदर बढ्दा लघुवित्त कम्पनीहरुको कोषको लागत बढ्न जाँदा अधिकांश कम्पनीहरुको कमाई घटेको हो ।

नेप्सेमा सूचीकृत ३६ लघुवित्त कम्पनीहरुमध्ये हालसम्म ३३ कम्पनीले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये १५ कम्पनीले नाफा बढाउदा १८ कम्पनीको नाफा घटेको छ ।

३३ कम्पनीले चैत्रमसान्तसम्ममा दुई अर्ब ६१ करोड खुद मुनाफा गरेका छन् । जबकी गतबर्षको यसैअवधिमा यी कम्पनीहरुको खुद मुनाफा ३ अर्ब १९ करोड रहेको थियो । समग्रमा ३३ कम्पनीको खुद नाफा १८.३७ प्रतिशतले झरेको छ ।

कोषको लागत बढ्दा लघुवित्त कम्पनीहरुको व्याज आम्दानी बढेपनि व्याज खर्च अत्याधिक बढ्दा नाफामा गिरावट आएको हो ।

चैत्रमसान्तसम्ममा गत वर्षको यसै अवधिको तुलनामा सबैभन्दा बढी नाफा वोमी माइक्रोफाइनान्सले बढाएको छ । वोमीको नाफा ८८.८० प्रतिशतले बढेको छ । त्यसपछि उच्च नाफा बढाउनेमा सिभिल लघुवित्त, मिर्मिरे माइक्रोफान्स, आरएसडिसि लघुवित्त लगायतका कम्पनीले नाफा बढाएका छन् ।

रकममा हिसाबले तेस्रो त्रैमाससम्म सबैभन्दा धेरै खुद मुनाफा कमाउनेमा निर्धन उत्थान लघुवित्त रहेको छ । यसले ३९ करोड ९२ लाख रुपैयाँ कमाएको छ । त्यसपछि उच्च नाफा कमाउने छिमेक लघुवित्त, साना किसान विकास बैंक लगायतका कम्पनी धेरै नाफा कमाउनेमा परेका छन् ।

धेरै नाफा कमाउनेको सूचीमा परेपनि कतिपय कम्पनीको गत बर्षको तुलनामा भन्दा नाफा घटेको छ । दश करोडभन्दा माथि नाफा कमाउनेमा निर्धन उत्थान, छिमेक लघुवित्त, स्वावलम्बन, फरवार्ड कम्युनिटी, डिप्राेक्स लघुवित्त, ग्रामिण विकास लघुवित्त र रुरल माइक्रोफाइनान्सको रहेको छ ।

चालू आवको तेस्रो त्रैमाससम्ममा सपोर्ट माइक्रोफाइनान्स भने नोक्सानमा गएको छ । यसको घाटा २० लाख रहेको छ । गत बर्षको तुलनामा सपाेर्टको नाफा १५३ प्रतिशतले घटेको हो । नयाँ नेपाल लघुवित्त, समता, नेरुडे लघुवित्त, किसान माइक्रोफाइनान्स लगायतका कम्पनीको नाफा उच्च दरले घटेको छ ।

चुक्ता पुँजीको आधारमा सबैभन्दा बढी छिमेक र निर्धन उत्थानको रहेको छ । उनीहरू चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ । सबैभन्दा कम चुक्ता पुँजी भने नयाँ नेपाल लघुवित्तकाे चुक्ता पुँजी दुर्इ करोड ४० लाख रुपैयाँ रहेको छ ।

त्यसैगरी ३३ लघुवित्त कम्पनीहरुमध्ये फरवार्ड माइक्रोफाइनान्सको सबैभन्दा धेरै प्रतिसेयर आम्दानी ९४.४३ पैसा रहेको छ भने सबैभन्दा कम समता माइक्रोको ४.४२ पैसा नकारात्मक रहेको छ । त्यस्तै सबैभन्दा कम खराब कर्जा फर्स्ट माइक्रो र रुरल माइक्रोको शुन्य प्रतिशत रहेको छ भने सबैभन्दा धेरै ग्रामिण विकास बैंकको ४.९६ प्रतिशत रहेको छ ।

शेयरमूल्यको आधारमा मिर्मिरे माइक्रोफाइनान्सको सबैभन्दा धेरै प्रतिकित्ता ३ हजार २८० रुपैयाँ रहेको छ भने सबैभन्दा सस्तो समताको प्रतिकित्ता ४७४ रुपैयाँ रहेको छ । समताको केही समय अगाडि मात्र नेप्सेमा कारोबार खुलेको थियो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।