एभरेष्ट इन्स्योरेन्सको यस्तो देखियो व्यवसाय, खुद नाफा बढ्यो

May 12, 2018 Merolagani

चुक्ता पूँजी झण्डै ८ गुणाले बढाउनुपर्ने अवस्थामा रहेको एभरेष्ट इन्स्योरेन्स (EIC) काे चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा बढेको देखिएको हो । इन्स्योरेन्सले चैत मसान्तसम्मको अवधिमा ३ करोड ३ लाख ४५ हजार रुपैँया खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको यसै अवधिमा उसको खुद नाफा २ करोड ११ लाख १२ हजार रुपैँया थियो ।

कम्पनीले गत आर्थिक वर्षको यसै अवधिमा १८ करोड ८७ लाख ४१ हजार रुपैँयाको कुल बीमाशुल्क आर्जन गरेकोमा यस पटक ४२ करोड ७३ लाख ६० हजार रुपैयाँ पुर्याएको छ । यस क्रममा  कम्पनीले जारी बीमालेखकाे संख्या १३ हजारबाट साढे ३५ हजार धेरै पुर्याएकाे छ ।

गत आर्थिक वर्षको चैतमा ८२२ वटा बीमादाबी बराबरको ९ करोड ४३ लाख २९ हजार रुपैयाँ भुक्तान गरेको कम्पनीले यस पटक १२१६ वटा दाबीको ७ करोड ६७ लाख ८१ हजार रुपैयाँ भुक्तानी गरेको छ । उसले अब ९१७ वटा दाबी वापत २६ करोड ३४ लाख रुपैयाँ भुक्तान गर्न बाँकी छ

७ करोड ८४ लाख ७१ हजार रुपैयाँको खुद बीमाशुल्क आर्जन गरेको एभरेष्ट इन्स्योरेन्सको पुनरबीमा कमिशन आयमा फराकिलो बढोत्तरी देखिएको छ । लगानी तथा कर्जाबाट हुने आयको आकार झण्डै ५० प्रतिशतले घटेपनि पुनरबीमा कमिशन आयले उसलाई कमाई बढाउन टेवा दिएको हो ।

यति हुँदै गर्दा खुद दाबी भुक्तानीको रकम केही घट्नुले पनि कम्पनीको कमाई बढेको देखिएको हो । व्यवसायको आकार बढेसँगै उसको अभिकर्ता कमिशन रकम गत आर्थिक वर्षको यसै बेलाको तुलनामा अहिले झण्डै दोब्बरले बढेको छ । व्यवस्थापन खर्चमा पनि निकै बढोत्तरी भएको अवस्थामा पनि कम्पनीले खुद नाफा बढाउन सकेको छ ।

३० रुपैयाँ २७ पैसा प्रतिसेयर आम्दानी रहेको इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४५.५८ गुणाले बढी छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ३७७ रुपैयाँ ५३ पैसा छ ।

बीमा समितिले गरेको व्यवस्था अनुसार संस्थापक र सर्वसाधारणको सेयर हिस्सा ५१ अनुपात ४९ बनाउन कम्पनी संस्थापक हकप्रद निष्काशनको प्रकृयामा छ ।

एभरेष्ट इन्स्योरेन्सका सेयरधनी संस्थापक बन्न राजी, यसरी पुर्याउँदै छ चुक्ता पूँजी

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।