ब्याज बढेपछि एचआईडिसीएल मालामाल, झण्डै ८५% बढायाे खुद नाफा

May 12, 2018 Merolagani

१२७ करोड लगानी गर्दा ९४८ करोड बैंक मौज्दात
जलविद्युत लगानी तथा विकास कम्पनी (HIDCL) ले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा आफ्नो खुद नाफा ८४.६२ प्रतिशतले बढाएको छ । कम्पनीले बैंकमा राखेको निक्षेप रकम र कर्जा प्रबाहको ब्याज आम्दानी प्रतिशत ८३.३३% बढेपश्चात नाफा ८४.६२ बढाउन सकेको हो ।

निक्षेपमा भएको ब्याजदर बृद्धिको सकारात्मक असर कम्पनीको खुद नाफामा सकरात्मक प्रभाव परेको हो । चालू आवको ९ महिना अवधिमा कम्पनीले ६२ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले ३३ करोड ८८ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 

यद्यपी कम्पनीलाई जलविद्युत आयोजनामा लगानी बढाउने भन्दा बैंकमा बचत गरेर नाफा कमाउने आरोप लाग्दै आएको छ । कम्पनीले उदेश्य जलविद्युत्त कम्पनीमा सेयर इक्वीटी बढाउने भएपनि कम्पनी अाफैँलै वित्तीय विवरणमा विदेशमा बस्ने नेपालीहरुसँग मिलेर निमार्ण गर्ने रेमिट हाईड्रोको कार्य अगाडि बढ्न नसकेको स्वीकार गरेको छ ।

एचआईडिसीएलले नौ अर्ब ४८ करोड नगद बैंकमा राखेको छ भने एक अर्ब २७ करोड विद्युत आयोजनाहरुमा लगानी गरेको छ । 

कम्पनीले बैंक निक्षेपको ब्याजबाट ८८ करोड ९१ लाख तथा आयोजनामा गरेको लगानीबाट ७ करोड ९० लाख रुपैयाँ ब्याज आम्दानी गरेको उल्लेख गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले निक्षेपको ब्याजबाट ४८ करोड तथा आयोजनामा गरेको लगानीबाट दुई करोड १३ लाख कमाएको थियो ।

१० अर्ब चुक्ता पूँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ३४ पैसा र प्रति सेयर नेटवर्थ एक सय ११ रुपैयाँ छ । उसले जगेडा कोषमा एक अर्ब ११ करोड सञ्चित गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।