प्रभु इन्स्योरेन्सले ४६ प्रतिशत हकप्रद जारी गर्ने,कहिले होला निष्काशन ?

May 13, 2018 Merolagani

प्रभु इन्स्योरेन्स (PRIN) ले ४६ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने बैशाख २७ गते धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेको छ । स्वीकृती पाएसँगै अब कम्पनी सेयरधनी किताब बन्द गरेर हकप्रद जारी गर्ने मिति तोक्नेछ । स्वीकृती प्राप्त गरेको २ महिनाभित्रमा हकप्रद जारी गर्नुपर्ने प्रावधान छ ।

इन्स्योरेन्सले जारी गर्ने हकप्रद बिक्री पश्चात उसको चुक्ता पूँजी बीमा समितिले तोके बमोजिम एक अर्ब रुपैयाँ नाघ्ने भएको छ । प्रभु इन्सुरेन्सले १० बराबर ४.६ कित्ता अनुपातमा ३१ करोड ६६ लाख रुपैयाँ बराबरको ३१ लाख ६६ हजार ६७७ कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डबाट अनुमति प्राप्त गरेको हो । कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

कम्पनीको गत कात्तिक २१ गते सम्पन्न साधारणसभाले १९.२० प्रतिशत बोनस पश्चात ४६ प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव पारित गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी ६८ करोड ८४ लाख रुपैयाँ छ । हकप्रद बिक्रीपछि प्रभुको चुक्ता पुँजी १ अर्ब ५० लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा इन्स्योरेन्सले १८करोड रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ५० पैसा रहेको प्रभुको प्रतिसेयर नेटवर्थ भने २०७ रुपैयाँ छ । उसको प्रतिकित्ता सेयरमूल्य ७७५ रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।