सिनर्जी फाइनान्सलाई हकप्रद विक्री गर्न बोर्डको अनुमति

May 13, 2018 Merolagani

सिनर्जी फाइनान्स कम्पनी (SYFL) लाई चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद विक्री गर्न नियामक निकाय धितोपत्र बोर्डले अनुमति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई बैशाख २८ गते हकप्रद विक्री गर्न अनुमति प्रदान गरेको हो ।

सिनर्जीले प्रभु क्यापिटल मार्फत दश बराबर दुई दशमलव पाँच कित्ता अनुपातमा ११ लाख ८६ हजार २२ दशमलव ४७ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ ।

चालू आर्थिक बर्षको तेस्रो त्रैमासमा कम्पनीको नाफा दुई करोड ५७ लाख र प्रतिसेयर आम्दानी चार रुपैयाँ ६७ पैसामा खुम्चिएको छ । फाक्ष्नान्सले गत बर्ष यसै अवधिमा २१ करोड ७० लाख खुद नाफा आर्जन गरेको थियो ।

बेष्ट फाइनान्स कम्पनीमा विलय हुने सम्झौता गरेको कम्पनीको सेयर हाल कारोबार रोक्का रहेको छ । यद्यपी कम्पनीको १६ करोड जगेडा नोक्सानी र खराब कर्जा अनुपात २३ प्रतिशत बढी रहेकाले बेष्टलाई यसले बेष्ट बन्नमा ब्रेक लाग्नसक्ने देखिन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।