चैत्रसम्म टेलिकमले आफ्नो सेवा बिक्रीबाट २९ अर्ब ३९ करोड २१ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन गतबर्षको चैत्रको तुलनामा ३५ करोड ७३ लाख कम हो । गत बर्षको चैतमा २९ अर्ब ७४ करोड ९४ लाख रुपैयाँ थियो।
कम्पनीले सेवा बिक्रीको आम्दानी घटेपनि ४.७२ प्रतिशतले नाफा बढाएको छ। चैतसम्ममा टेलिकमले ११ अर्ब ८५ करोड ६४ लाख रुपैयाँ नाफा गरेको छ । गत बर्षको चैतमा उसको नाफा ११ अर्ब ३२ करोड १८ लाख रुपैयाँ थियो।
अन्य आम्दानी बढेपछि कम्पनीको नाफा बढेकोे हो। चैतसम्ममा टेलिकमले ४ अर्ब ४६ करोड रुपैयाँ अन्य आम्दानी गरेको छ । यस्तो आम्दानी गत वर्षमा ३ अर्ब ११ करोड रुपैयाँ थियो।
समीक्षा अवधिमा समग्रमा टेलिकमले ३३ अर्ब ८५ करोड रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा आम्दानी ३२ अर्ब ८६ करोड रुपैयाँ थियो ।
कम्पनीको चुक्ता पूँजी १५ अर्ब रुपैयाँ रहेको छ। जगेडा कोषमा ७९ अर्ब ६९ करोड ५ लाख रुपैयाँ जम्मा भएको छ। प्रति शेयर आम्दानी ५ रुपैयाँले बढेर १०५ रुपैयाँ पुगेको छ। प्रतिसेयर नेटवर्थ पनि ५९७ रुपैयाँबाट बढेर ६३१ रुपैयाँ कायम भएको छ ।