गुडविल फाईनान्सको खुद नाफा ५३.८१ प्रतिशतले घट्यो

May 13, 2018 Merolagani

चालु आर्थिक बर्षको तेश्रो त्रैमासमा गुडविल फाईनान्स (GFCL) को खुद नाफा ५३.८१ प्रतिशतले घटेको छ । गत बर्षको तेश्रो त्रैमासमा फाइनान्सले ५ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको फाइनान्सको नाफा ३ करोड १५ लाख रुपैयाँले कमि आएर २ करोड ७० लाखमा खुम्चिएको छ ।

 

८० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याएको फाईनान्सको जगेडा कोषमा १४ करोड ३ लाख रुपैयाँ सञ्चित छ । फाईनान्सले निक्षेप संकलन गत बर्ष भन्दा २७ करोड रुपैयाँ घटेर ५ अर्ब १२ करोड रुपैयाँमा सीमित हुँदा ४ अर्ब ३५ करोड ३८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । 

ब्याज आम्दानी ४४ करोड ८ लाख रुपैयाँ गरे पनि ३४ करोड ८४ लाख ब्याज खर्च गरेको हो । ब्याज खर्चमा बृद्धि ४०.७० प्रतिशतले बढेपछि कम्पनीको खुद ब्याज आम्दानी १३.५३ प्रतिशतले झरेको छ । गत बर्ष १० करोड ६९ लाख खुद ब्याज आम्दानी गरेको फाइनान्सले एक करोड ४४ लाख रुपैयाँ कम ९ करोड २४ लाख रुपैयाँ मा आर्जन गरेको छ ।

निष्कृय कर्जा २.९९ प्रतिशत रहेको फाईनान्सले सम्भावित कर्जा नोक्सानी व्यवस्था लागि दुई करोड २२ लाख छुट्टाउँदा कुनै खराब कर्जा असुल गर्न सकेको छैन ।सञ्चालन मुनाफा दुई करोड ४९ लाख रुपैयाँले घटेर ४ करोड ९ लाख रुपैयाँ भएको छ ।

फाईनान्सको प्रति सेयर आम्दानी ४ रुपैयाँ ५२ पैसा र नेटवर्थ ११८ रुपैयाँ ५९ पैसा छ भने प्रति सेयर मूल्य आम्दानी अनुपात २९.२३ गुणा छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।