ओखलढुंगाको मानेभञ्ज्याङ्गमा मुक्तिनाथ बैंकको शाखा

May 13, 2018 Merolagani

मुक्तिनाथ विकास बैंक (MNBBL) ले ओखलढुंगाको मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं.५, मानेभञ्ज्याङ्गमा आफ्नो ८० औं शाखा विस्तार गरेको छ । बैंकको यो शाखा ओखलढुंगाको तेश्रो शाखा हो । बैशाख २८ गते शुक्रवार मानेभञ्ज्याङ्ग गाउँपालिका अध्यक्ष मोतीराज राईले उक्त शाखा कार्यालयको उद्घाटन गरे।

शाखा कार्यालय समुद्घाटन गर्नु हुँदै प्रमुख अतिथि राईले नेपाली समाज सुहाउँदो वित्तीय सेवाहरु प्रदान गर्दै आएको बैंक मानेभञ्ज्याङ्गमा आउनु भनेको स्थानीय जनताको लागि निकै खुसीको विषय भएको बताए ।

कार्यक्रमका सभापति एवं बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले बैंक ग्राहकहरुको आवश्यकता र चाहना अनुरुपको वित्तीय सेवा प्रदान गर्ने बताउँदै बैंकको उद्देश्य माथि प्रकाश पार्दै बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराए ।

आर्थिक वर्ष २०७४/७५ को तेस्रो त्रैमाससम्ममा बैंकको चुक्ता पूँजी रु. २ अर्ब ५९ करोड, कुल निक्षेप रु. २४ अर्ब ५५ करोड कुल लगानी रु. २१ अर्ब ९९ करोड गर्दै संचालन मुनाफामा रु. ४२ करोड ७५ लाख खुद नाफा गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।