वोमी माइक्रोफाइनान्सको हकप्रद जेठ १६ गतेदेखि

May 13, 2018 Merolagani

वोमी माइक्रोफाइनान्स (WOMI) ले जेठ १६ गतेदेखि ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १० कित्ता बराबर ३ कित्ताको अनुपातमा २ लाख ३३ हजार २८० कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

यो हकप्रदमा आवेदन गर्न जेठ ३ गतेसम्म सेयर खरिद गरिसक्नुपर्नेछ । यसअघि नै कायम रहेका सेयरधनीले नेपाल धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट सी–आस्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । 

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नक्साल, वोमी माइक्रोफाइनान्सको कार्यालय खानिखोला धादिङ, तथा यसका सम्पूर्ण शाखा कार्यालयबाट समेत हकप्रदमा आवेदन दिन सकिने जनाइएको छ ।

हकप्रदमा आवेदन गर्ने अन्तिम दिन असार १९ गते तोकिएको छ । चालू आर्थिक बर्षको तेश्रो त्रैमासका लघुवित्तले दुई करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ५० रुपैयाँ ६० पैसा कायम गरेको छ । कम्पनीको प्रतिकित्ता सेयरमूल्य १७६३ रहेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।