'गलत तरिकाले लगानी गर्नेलाई हेरिरहेका छाैं,कारबाही गर्ने अवस्था नआओस्' : गभर्नर

May 13, 2018 Merolagani

व्यवस्थापनलाई दबाब दिने काम बोर्डबाट बन्द गर्नुस्
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले गलत तरिकाले लगानी गर्ने बैंकहरुलाई राष्ट्र बैंकले निरिक्षण गरिरहेको बताएका छन् । मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकको एकीकृत कारोबारको शुभारम्भ गर्दे गभर्नर नेपालले गलत क्षेत्रमा लगानी गर्ने बैंकलाई राष्ट्र बैंकले कारबाही गर्ने चेतावनी समेत दिए ।

बैंकका सञ्चालकहरुलाई लक्षित गर्दे गभर्नर नेपालले भने, 'बैंकमा लगानी गर्ने नाफाका लागि होईन, आर्थिक वृद्धिमा मुलुकलाई सहयोग गर्नको लागि हो, गलत तरिकाले ऋण लगानी गर्नेलाई हामीले हेरिरहेका छौं । कारबाही गर्ने स्थितिमा नपुग्नुहोला ।'

नियामक निकाय यतिकै बस्दैन

बैंक सञ्चालकप्रति आक्रमक रुपमा प्रस्तुत भएका गभर्नर नेपालले भने, 'हामीले लगानी गरेपछि प्रतिफल हेर्छौं, त्यो स्वभाविक हो । तर बैकिङ्ग सेक्टर यस्तो क्षेत्र हो ,जहाँ अरु क्षेत्र जस्तो प्रतिफल हेर्ने ठाउँ होईन । मैले बारम्बार भनिरहेको छु, कतिपयले सुनिपनि रहनु भएको छ, अलि धेरैले नसुनेको जस्तो पनि छ । त्यसैले गर्दा खेरी अहिले राम्रोसँग सुन्नुहोस्, बैकिङ्ग सेक्टर जनताको पैसा जिम्मेवारी पूर्वक लगानी गर्न स्थापित भएको क्षेत्र हो । जनताको पैसा तलमाथि हुन्छ भने नियामक निकाय यतिकै बस्दैन।'

  'संसारमा तपाईले पनि हेर्नु भएको होला । निजी बैंकहरु अफ्ठेराेमा पर्दा सरकारले नै लिएर चलाउने गरेका छन् । पब्लिकको पैसा नडुबोस भन्ने नियमनकारीको उदेश्य हो, पब्लिकको पैसा सञ्चालन गर्नको लागि तपाईहरुले आठ-दश प्रतिशत रकम हाल्नुभयो । जतिसक्दो बजारबाट पैसा उठानुहोस् भनेर राष्ट्र बैंकले छोडिदिएको छ । यसको अर्थ यो होइन की बैंकमा आए जति पैसा सबै मेरै हो । मैले जे गर्न पनि पाउनुपर्छ । कतिपय ठाउँमा के देखियो भने आएजति पैसा मेरै हो भनेर बाँडिचुँडी गरेको पनि देखियो, त्यस्तो गर्नेलाई कारबाही गरिन्छ ।' गभर्नर नेपालको भनाई थियो ।

तपाईहरुले दश प्रतिशत राख्नु भयो अरु नब्बे प्रतिशत जनताको पैसा हो । जनताको पैसालाई गलत तरिकाले उपयोग नगर्नुस् । तपाईलाई पैसा कमाउनु छ धनी बन्नु छ । करोडपति अर्बपति खर्बपति बन्नोस् तर व्यक्तीगत रुपमा आफ्नो व्यवसाय चलाएर बस्नुहाेस् तर जनताको पैसालाई गलत तरिकाले उपयोग गरेर बैंकलाई नि समस्यामा पार्ने र गलत तरिकाको दबाब बैंक व्यवस्थापनलाई दिने काम बोर्डबाट बन्द गर्नुस् । अहिले समस्या के छ भने बैंकमा हामीलाई नाफा बढी चाहियो । जसलाई नाफा बढी कमाउने रहर छ । बैंकबाट आफ्नो लिनुस र आफैँ व्यवसाय गर्नुस् ।

बैंकहरु आठ अर्बका भइसकेका छन् । मौद्रिक नीति मार्फत आठ अर्बको भन्दा कतिपय आत्तिनु भयो कतिको पसिना आयो, यसैका कारण करिब करिब पचास चोटी म संसदमा उभिनुपर्यो । आठ अर्बको लागि ।

आज समस्याग्रस्त रहेका बैंकहरु पनि मर्जर भएर अहिले बजारमा सामान्य बैंक जस्तो चलिरहेका छन् । अहिलेको अवस्थामा १६० वटा बैंक तथा वित्तीय संस्थाहरु १४१ मा आइसके । ६५ वटा मर्जर भएर ५ वटामा आए । पूँजी वृद्धिले गर्दा बैंकको संरचना मजबुत भएको छ । जसले गर्दा आउँदा दिनहरुमा बैकिङ्ग क्षेत्रको भविष्य सुनौलो छ । राम्रो छ । नेटवर्थ बढ्यो, पूँजीको क्षमता बढ्यो अब लगानी पनि मजाले गर्न सक्नुहुन्छ ।

तर समस्या कहाँ छ भने हामीले बढी नाफा खोज्ने । बैंक व्यवस्थापनलाई दबाब दिने । दबाब दिँदा म्यानेजमेन्टले कतिपय ठाउँमा छोड्ने । कतिपय ठाँउमा अन्धाधुन्द लगानी गर्ने जसले गर्दा निक्षेपको भन्दा ऋणको रफ्तार बढ्न गयो । १३ प्रतिशतले निक्षेप बढ्दा १८ प्रतिशतले कर्जा बढ्यो ।

कमसल धितोमा कर्जा दिने काम नर्गनुस् । राम्रा आयोजना र प्रोजेक्टहरुमा लगानी गर्नुस जसले बैंकलाई, मुलक र सबलाई राम्रो हुन्छ । गलत ठाउँमा लगानी गर्दा क्षणिक फाइदा हुन्छ । क्षणिक फाइदाका पछि नलाग्नुस् ।

 

अहिले स्थिति भनेको नेपालको आर्थिक परिवेशमा अत्यन्त राम्रो अवस्था सृजना भएको छ । राजनैतिक स्थायित्व छ । सरकार तुरुन्तै फेरिएला भन्ने छैन । नीतिगत र राजनैतिक स्थायित्वले आन्तिरक र बाह्य लगानी बढाउँछ । आर्थिक क्रियाकलाप बढाउँछ ।

गत बर्ष पाँच प्रतिशत भन्दा बढी यो बर्ष करिब ६ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि भयो । आगामी बर्ष ७ प्रतिशतको हाराहारीमा हुने लक्ष्य लिएका छौं । लगातार आर्थिक वृद्धिमा आएको सुधारले आर्थिक क्रियाकलापमा सुधार आएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले लगानीकर्ता आयात कम र निर्यात बढाउन सकोस्, व्यापार घाटा कम गर्न सकोस् । त्यस्ता खालका क्षेत्रमा लगानी गर्नुस् । जसले आर्थिक विकास बढाउन मुलुकलाई सहयोग पुगोस् । अहिले अत्यन्त राम्रो समय छ  । यसलाई गुमाउन हुँदैन ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।