गण्डकी विकास बैंकको नयाँ वानेश्वर शाखाको औपचारिक उद्घाटन

May 13, 2018 Merolagani

गण्डकी विकास बैंक (GDBL) को नयाँ वानेश्वर शाखाको औपचारिक उद्घाटन गरेको छ । नेपाल राष्ट्र वैकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले शाखा उद्घाटन गरेका हुन् ।

डेपुटी गभर्नर सिवाकोटीले पछिल्ला दिनहरुमा बैंक तथा वित्तीय संस्थाहरुमा जोखिम वढ्दै गएकोले संस्थागत सुशासन , जोखिम व्यवस्थापन,तरलता तथा कर्मचारी तालिममा विशेष ध्यान दिनुपर्ने वताए ।

स्वागत मन्तव्य राख्दै बैकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बैकले प्रदान गर्ने सेवा सुविधा, बैंकका गतिविधी र भावी कार्यक्रमबारे जानकारी गराए ।

गण्डकी विकास बैंक लिमिटेडले आ.व. २०७४/७५ को तेस्रो त्रैमासमा निक्षेप रु. २० अर्ब ४३ करोड पु¥याएको छ भने कर्जातर्फ रु.१८ अर्ब ३२ करोड पु¥याएको छ ।

बैंकले केन्द्रीय कार्यालय सहित ५९ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना ,सहज र सरल रुपमा कर्जा योजनाको साथमा ABBS, ATM, SMS, C-ASBA, IPS, Mobile बैकिङ्ग सेवा, लकर सेवा, सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, केन्द्रीय कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

बैंकले निर्माणधिन १८ शाखा यसै आर्थिक वर्ष भित्र संचालनमा ल्याउने लक्ष्य लिएको छ । यस पश्चात बैंकका सातै प्रदेशमा गरि कुल ७७ वटा शाखावाट वैकिङ्ग सेवा प्रदान हुने बैंकले जनाएको छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।