इन्स्योरेन्सको चुक्ता पूँजी ८८ करोड रुपैयाँ तथा बीमा कोषमा ३९ करोड ८४ लाख रुपैयाँ र जगेडा कोयामा १० करोड रुपैयाँ सञ्चित छ ।
इन्स्योरेन्सले खुद बीमा शुल्क ५४ करोड ९७ लाख रुपैयाँ आर्जन गरेको छ भने पुनर्बीमा कमिसनबाट ८ करोड ५१ लाख रुपैयाँ आम्दानी गर्दा २८ करोड २४ लाख खुद दाबी भुत्तानी गरेको छ । कम्पनीको यस अवधिमा खुद बीमा शुल्क आर्जनमा भने कमी आएको छ । गतबर्षको यसै अवधिमा कम्पनीले ५५ करोड ७ लाख खुद बीमा शुल्क आर्जन गरेको थियो ।
बीमा लेखको संख्या घटेपछि कम्पनीको बीमा शुल्क आम्दानी घटेको हो । पुन बीमा कमिसनको रकम बढेपछि कम्पनीको नाफा बढेको हो ।
कुल ८८ करोड ५३ लाख बीमा शुल्क संकलन गरेको कम्पनीले कुल ३९ करोड ८४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने ४५ करोड १९ लाख रुपैयाँ भूक्तानी हुन बाँकी दाबी रकम रहेको छ ।
इन्स्योरेन्सको प्रति सेयर आम्दानी २१ रुपैयाँ ९३ पैसा, प्रति सेयर नेटवर्थ १६१ रुपैयाँ ४५ पैसा हुदा मूल्य आम्दानी अनुपात २४.६२ गुणा रहेको छ ।