नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन

May 14, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जमा सोमबार कम्युनिटी डेभलपमेन्ट बैंक (NCDB) को सेयरमूल्य समायोजन भएको छ । बैंकले वितरण गर्ने ८.६१ प्रतिशत बोनसपछि सेयरमूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ ।

बैंकको बोनसपछि प्रतिकित्ता सेयरमूल्य १३५ रुपैयाँ ३५ पैसा कायम भएको छ । जसको १८० दिनको सेयर कारोबार मूल्यका आधारमा औसत आधारमूल्य १८१ रुपैयाँ ६७ पैसा निर्धारण भएको नेप्सेले जनाएको छ ।

बैंकले जेठ १८ गते दरबार लन प्राली रुपन्देहीमा बिहान ९ बजे आठौं बार्षिक साधारण सभा आह्वान गरेको छ ।  सभामा बैंकको केन्द्रीय कार्यालको ठेगाना परिवर्तन गर्ने, मर्जर एक्वायर प्रस्ताव पारित गर्ने, सञ्चालक समितिको भत्ता वृद्धि र अन्य आवश्यक संसोधन गर्न सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने लगायतका विशेष प्रस्ताव रहेका छन् ।

कम्युनिटीको ८.६१ प्रतिशत बोनस सेयर बैशाख २७ गतेसम्म कायम रहेका सेयरधनीले बोनस प्राप्त गर्नेछन् ।४८ करोड ४६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले चार करोड १७ लाख ४६ हजार १२० रुपैयाँको बोनस बाँड्न लागेको हो । बोनसपश्चात बैंकको चुक्ता पूँजी ५२ करोड ६३ लाख रुपैयाँ पुग्नेछ । 

 

  

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।