एलआईसीको खुद नाफा दोब्बर, साढे ४० अर्बको जीवन बीमा कोष

May 14, 2018 Merolagani

लाईफ इन्स्योरेन्स कपोरेशन नेपाल (LICN)  ले चालु आर्थिक बर्षको तेश्रो त्रैमासमा खुद नाफा शतप्रतिशत बढाएको छ । साेमबार कम्पनीले अपरिष्कृत विवरण सार्वजनिक गर्दै गत बर्षको यसै अवधिमा चार करोड ९८ लाख खुद नाफा आर्जन गरेकोमा ९ करोड ९८ लाख पुर्याएको जनाएकाे छ ।

एक अर्ब ३३ करोड ४६ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको जगेडा तथा कोषमा ३६ करोेड १२ लाख रुपैयाँ र जीवन बीमा कोषमा ४० अर्ब ५८ करोड ४९ लाख रुपैयाँ राखेको छ ।

एलआईसीले ७ लाख ७ हजार बीमालेख संख्याबाट यस अबधीमा खुद बीमा शुल्क ६ अर्ब ९५ करोड ३६ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष ६ लाख ७१ हजार  बीमालेखबाट ५ अर्ब ७८ करोड ९० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै कम्पनाीले एक अर्ब ६० करोड ४४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोहि अवधिमा एक अर्ब १८ करोड ७२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

कम्पनीले यस अवधिमा ६ अर्ब ९९ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने कुल दाबी भुक्तानी एक अर्ब ६६ करोड ६८ लाख रुपैयाँ रहेको छ । त्यसै दाबी गरिएको तीन करोड १७ लाख रुपैयाँ भुत्तान गर्न बाँकी रहेको छ । यस अवधिमा कम्पनी ६ लाख ३३ हजार २०० वटा दाबी भुक्तानी गरेको जनाएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ९७ पैसा, मुल्य आम्दानीको अनुपात २१३ गुणा र प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ५८ पैसा रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।