सिद्धार्थ इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने सोमबार अन्तिम दिन

May 14, 2018 Merolagani

सिद्धार्थ इन्स्योरेन्स (SIL) को ३५ प्रतिशत हकप्रद सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको छ । बैंकले हकप्रद जारी गर्ने प्रयोजनका लागि जेठ १ गते सेयरधनी किताब बन्द गर्ने भएकाले आजसम्म कायम सेयरधनीले हकप्रद पाउनेछन् ।

सिद्धार्थ इन्स्योरेन्सले २० प्रतिशत बोनसपश्चात कायम चुक्ता पूँजी ६४ करोड १४ लाख २१ हजार रुपैयाँको ३५ प्रतिशत अर्थात २२ लाख ४४ हजार ९७३ कित्ता हकप्रद बिक्री गर्न लागेको हो । हकप्रद निष्काशन मिति भने कम्पनीले केही दिनमा नै तोक्नेछ । 

हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ हुनेछ । बीमा समितिले तोकेको पूँजी कायम गर्न कम्पनीले असार मसान्तसम्ममा १३ करोड ४१ लाख पूँजी बढाउनुपर्नेछ ।

चालू आर्थिक बर्षको तेश्रो त्रैमासमा १८ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ५० पैसा रहेको छ । साेमबार कम्पनीकाे सेयरमूल्य प्रतिकित्ता ९९५ रूपैयाँ हाराहारीमा काराेबार भैरहेकाे छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।