सूर्या लाइफको हकप्रद विक्री खुल्यो , यस्ता छन् आवेदन गर्ने स्थान

May 14, 2018 Merolagani

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी (SLICL) ले सोमबारदेखि १०ः४ अनुपातमा हकप्रद सेयरको बिक्री खुला गरेको छ । कम्पनीले एक सय अंकित मूल्यका २८ लाख ८७ हजार ५०० कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

बैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक शेयरधनीहरुले यस हकप्रदमा असार ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । शेयरधनीले विक्री प्रबन्धकका साथमा सूर्या लाइफको सम्पूर्ण शाखा कार्यालय र आस्वा प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी ७२ करोड १८ लाख ७५ हजार रुपैयाँ रहेको छ । हकप्रद निष्कासन तथा बाँडफाँड पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब एक करोड ६ लाख २५ हजार रुपैयाँ पुग्नेछ ।

जीबन बीमा कम्पनीले बीमा समितिको निर्देशन अनुरूप २०७५ असार मसान्तसम्म दुई अर्ब पूँजी कायम गर्नुपर्ने हुन्छ । जसका लागि हकप्रद पश्चात कम्पनीले ९९ करोड थप पूँजी विस्तार गर्नुपर्ने देखिन्छ ।

चालू आर्थिक बर्षको तेश्रो त्रैमासमा कम्पनीले ९ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरि प्रतिसेयर आम्दानी १८ रुपैयाँ ६ पैसा कायम गरेको छ । कम्पनीको सेयरमूल्य सोमबार प्रतिकित्ता ७२० रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।