प्रभु इन्स्योरेन्सको यस्तो देखियो तेश्रो त्रैमास, खुद नाफामा २३% बढाेत्तरी

May 14, 2018 Merolagani

प्रभु इन्स्योरेन्स (PRIN) ले चालू आर्थिक बर्षको तश्रो त्रैमासमा १३ करोड ०८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १० करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

समीक्षा अवधिमा ३८ करोड ५० लाख रुपैंयाको चुक्ता पूँजीलाई ६८ करोड ८४ लाख रुपैया पुर्याएको इन्स्योरेन्सको जगेडा कोष भने उल्लेख्य मात्रामा घटेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सले आफ्नो जगेडा कोष १९ करोड २३ लाख रुपैयाँबाट बढाएर ९ करोड ४७ लाखमा झरेको छ ।

इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १९ रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ८६ पैसा थियो । पूँजी वृद्धिको अनुपातमा खुद नाफा बढ्न नसक्दा इन्स्योरेन्सको प्रतिसेयर आम्दानीमा संकुचन आएको हो ।

कम्पनीले ५२ हजार ५१३ बीमालेखबाट ३९ करोड ४४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरी १२ करोड ९३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत बर्ष ५६ हजार ८१२ बीमालेखबाट ३६ करोड ६२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरी १४ करोड ३६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

यस अवधिमा इन्स्योरेन्सले ६५ करोड ३८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरी एक हजार ४३४ संख्यामा परेको २५ करोड ५८ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । गत बर्ष कम्पनीले ६० करोड ५० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरी एक हजार १८२ वटा संख्याबाट परेको २६ करोड ८४ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको थियो ।

तेश्रो त्रैमाससम्म इन्स्योरेन्सले एक हजार ६८० वटा बीमा दाबीबाट परेको ११ करोड २६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । गत बर्ष एक हजार ३७८ संख्याबाट परेको १४ करोड ५७ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी थियो ।

मूल्य आम्दानी अनुपात ३५ गुणाले बढी रहेको इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ छ । उसको बीमा कोषमा ३९ करोड ५९ लाख तथा महाविपत्ती जगेडामा ६ करोड एक लाख रुपैयाँ सञ्चित छ । कम्पनीले बीमा काेष ९ कराेड ४५ लाख र महाविपत्ती जगेडा एक कराेड २४ लाख रूपैयाँ बढाएकाे छ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।