लक्ष्मी बैंकले एकै पटक महोत्तरी र रामेछापमा बिस्तार गर्यो शाखा

May 14, 2018 Merolagani

लक्ष्मी बैंक (LBL) ले आफ्नो शाखा संजालविस्तार गर्ने क्रममा महोत्तरीको मनरा र रामेछापको खा्रंडादेवी गाउपालीकामा नयाँ शाखाहरु संचालनमा ल्याएकोे छ । बिस्तारित शाखाहरुबाट बैंकले आधुनिक सेवा प्रदान गर्दै आफ्नो व्यवसाय बिस्तारमा महत्वपुर्ण टेवा पुग्ने विश्वास लिएको छ ।

२ शाखा बिस्तार भएसँगै बैंकको शाखा संजाल ८२ पुगेको छ । त्यसै गरी ३ हस्पिटल सेवा काउन्टर, १०१ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स्, ५१ शाखा रहित बैंकिङ्ग र ४०० भन्दा बढि मोबाईल एजेन्टहरु मार्फत बैंकिंग सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ ।

पछिल्लो समयमा बिस्तारि सबै शाखाले सेवाग्राहीलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखाकार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा चलाउँदै अघि बढ्न सक्ने बैंकले जनाएको छ । यसबाट आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास पनि बैंकले लिएको छ ।

सुविधाजनक नयाँ निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथसाथै व्यक्तीगत तथा साना व्यवसाय कर्जा सेवाहरु प्रदान गरी व्यक्तीगत तथा साना व्यवसाय बैंकिङ्ग सेवाको दायरा लई फराकिलो पार्दै जाने लक्ष्य बैंकले लिएको छ । विशेष गरी साना व्यवसाय कर्जा र व्यवसायिक कृषि क्षेत्रमा बैंकले आफ्नो ध्यान केन्द्रित गरेको छ ।

जस अनुरुप देशका विभिन्न क्षेत्रका सानातथा लघु उद्यमीतथा कृषकहरुलाई सरल रुपमाकर्जा प्रवाहगर्नुका साथै वित्तीय सेवातथा सल्लाहप्रदान गरी उनीहरुको व्यवसाय प्रवद्र्धन तथा वित्तीय व्यवस्थापन कार्यमा ठूलो मद्दत पु¥याएको छ । आगामी दिनहरुमा बैंकले अझ धेरै शाखा अनि सेवाहरु देशभरि विस्तार गर्ने लक्ष्य लिएको विज्ञप्तीमा उल्लेख छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।