डेभलपमेण्ट बैंकर्श संघमा को को भए मनोनयन ?

May 14, 2018 Merolagani

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको आगामी निर्वाचनसम्मका लागि नयाँ नेतृत्व चयन भएको छ । संघको बैशाख २८ गते बसेको कार्य समिति बैठकले कार्यवाहक अध्यक्ष, महासचिव र एक सदस्यमा नयाँ अनुहार भित्र्याएको हो ।

संघका अनुसार रिक्त रहेको अध्यक्ष पदमा कार्यवाहक अध्यक्षको भुमिका गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाललाई दिइएको छ । संघको विधान अनुरुप रिक्त पदहरुमा नयाँ नियूक्ती गरिएको हो । यस अघि ढकाल संघको प्रथम उपाध्यक्ष थिए । 

त्यसै गरी संघको महासचिवमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र कार्यकारी सदस्यमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीलाई नियुक्त गरिएको छ । उल्लेखित ३ जनालाई बैशाख २८ गते नियुक्त गरिएको र जेठ १ गतेदेखि उक्त निर्णय कार्यान्वायन हुने संघले जनाएको छ । उक्त नियुक्ति आगामी निर्वाचनसम्मका लागि मात्र हुने संघले जनाएको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।