ग्लोबल आइएमई बैंकको एकैदिन ७ वटा शाखा विस्तार

May 14, 2018 Merolagani

ग्लोबल आइएमई बैंक (GBIME) ले बैशाख ३१ गते सोमबार एकै दिन ७ स्थानमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले धनुषा, बारा, रौतहट, सप्तरी, डडेल्धुरा, डोटी, र बैतडीमा शाखा विस्तार गरेको जनाएको छ ।

बैंकले धनुषा जिल्लाको मिथिलाबिहारी नगरपालिका वडा नं. ७, तारापट्टि, बारा जिल्लाको फेटा नगरपालिका वडा नंं. ७, फेटा बजार, रौतहट जिल्लाको फतुवाबिजयपुर नगरपालिका वडा नं. ८, बिजयपुर, सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नं. ५, पातो, डडेल्धुरा जिल्लाको अजयमेरु गाँउपालिका वडा नं. ३, भद्रपुर, डोटी जिल्लाको पूर्वीचौकी गाँउपालिका वडा नं. ४, साना गाँउ र बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं. ३, खोचलेक सहित ७ वटा नयाँ शाखाहरु स्थापना गरि सञ्चालनमा ल्याएको हो । 

थप ७ स्थानमा शाखा कार्यालय सञ्चालनमा ल्याएसंगै बैंकको शाखा कार्यालयहरुको संख्या १२९ पुगेको छ । साथै बैंकले सोमबार देखि नै ललितपुर जिल्लाको मंगलबजारमा एटिएम सेवा समेत थप गरेको छ । मंगलबजारमा एटिएम सेवा थप गरेसँगै बैंकको एटीएम संख्या १३१ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १२९ वटा शाखा, १३१ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ८० शाखा रहित बैंकिङ्ग सेवा माफर्त ८ लाख ५० हजार भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।