सिटिजन्स बैंकले एकै पटक बिस्तार गर्यो ६ शाखा

May 14, 2018 Merolagani

सिटिजन्स बैंकले ‘स्थानीय तहमा सेवा विस्तार गर्ने उदेश्य अनुरुप : गाउँ गाउँमा सिटिजन्स बैंक’ भन्दै एकै पटक ६ वटा शाखा बिस्तार गरेको छ । “योर पार्टनर फोर प्रोग्रेस” भन्ने नाराका साथमा बैंकिंग सेवा प्रदान गर्दै आएको बैंकले सोमबार इलाम, सोलु, रामेछाप, काभ्रे, सिन्धुली र धनकुटामा शाखा बिस्तार गरेको हो ।

बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले कम्प्यूटरमा क्लिक गरी ६ वटा शाखाको एकै पटक उद्घाटन गरेका हुन् । इलामको माङसेबुङ , सोलुखुम्बुको लिखु पिके ,रामेछापको सुनापती, काभे्रको तिमाल , सिन्धुलीको हरिहरपुरगढी र धनकुटाको खाल्सा छिन्ताङ सहीदभूमि गरि कुल ६ वटा शाखाहरु संचालनमा ल्याएको बैंकले जनाएको छ ।

सरकारले वित्तीय पहँुच तथा समावेशिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवर्धनका लागि सबै नेपालीको बैंक खाता भन्ने नीति अवलम्बन गरेको बैंकले जनाएको छ । यसलाई मुर्त रुप प्रदान गर्न थप ६ वटा शाखाहरु संचालनमा ल्याएको बैंकद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

 

संघीयतालाई बलियो र सहज बनाउन अतुलनीय भूमिका निर्वाह गरेको बैंकले चालु आर्थिक वर्षमा पाल्पाको छहरा, नवलपरासीको भुमही, मकवानपुरको मनहरी, बर्दियाको बढैयाताल, झापाको हल्दिबारी, महोत्तरीको औरहि, हुम्लाको सर्केगाड, कास्कीको सिमलचौर र दाङको बंगलाचुली शाखाहरु संचालनमा ल्याइसकेको छ । नियमनकारी निकायको निर्देशन अगावै यस बैंकले नेपालको दुर्गम क्षेत्रमा शाखाहरू विस्तार गरी सकेको थियो ।

 

२०६८ सालमा हुम्लाको सिमिकोट र २०७० सालमा डोल्पामा शाखा खोलिनु यसका केहि अनुपम उदहारणहरु हुन । मुलुक संघीय प्रणालीमा गएसंगै अब दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिंग सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्नका निम्ति अब आउने निकट भविष्यमानै बैंकले प्युठानको झिमरुक, पूर्व रुकुमको भूमे, हुम्लाको नाम्खा, अछामको ढकारी, कैलालीको मोहन्याल, काठमाडौँको टोखा र थानकोटमा यसै आर्थिक वर्षमा थप शाखा संचालन गर्ने योजना बनाएको छ ।

देशैभरी फैलिएका ७४ वटा शाखा, ६९ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग एकाइहरुबाट करिव तीन लाख पैतिस हजार ग्राहकलाइ बैंकले बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलब्ध गराउँदै आएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।