प्रिमियरले चालू आवको ९ महिना अवधिमा ६२ करोड १४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरि २९ करोड ८७ लाख खुद दाबी भुक्तानी गरेको छ । गत बर्ष ५७ करोड ३३ लाख रुपैयाँ खुद बीमा शुल्क कमाएर १७ करोड ९९ लाख दाबी भुक्तानी गरेको थियो । पुनर्बीमा कमिशनबाट हुने आय तीन करोड पाँच लाख बढाएर १२ करोड ४८ लाख आम्दानी गरेको छ ।
एफपिओ बिक्रीपछि प्रिमियरको जगेडा कोष ६१ करोड ८८ लाख बढेर ७० करोड ४५ लाख ६४ हजार रुपैयाँ पुगेको छ । ४४ करोड ८५ लाखको चुक्ता पूँजी ५८ करोड ४० लाख कायम भएको छ । कम्पनीले बीमा कोषमा ४३ करोड ४२ लाख तथा महाविपत्ती जगेडामा तीन करोड ९४ लाख रुपैयाँ सञ्चित रहेको छ ।
३० रुपैयाँ ४९ पैसा प्रतिसेयर आम्दानी रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ३०१ रुपैयाँ ७६ पैसा छ ।
समीक्षा अवधिसम्म एक अर्ब १३ करोड ६४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत बर्ष एक अर्ब ६५ लाख रहेको थियो ।
दाबी भुक्तानी तर्फ तीन हजार ७८० संख्याको एक अर्ब एक करोड ५६ लाख गरेको छ जबकी गत बर्ष कम्पनीले दुई हजार ८५१ संख्याको ६५ करोड ४८ लाख भुक्तानी गरेको गरेको थियो ।
कम्पनीले अब तीन हजार ८२० संख्याबाट परेको एक अर्ब आठ करोड ६ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ । गत बर्ष दुई हजार ८५६ संख्याको एक अर्ब ६९ करोड ५६ लाख भुक्तानी गर्न बाँकी रहेको थियो ।
कम्पनीको जारी बीमालेख संख्या १२ हजार बढेर एक लाख ४६ हजार पुगेको छ भने नविकरण गरिएको बीमालेखको संख्या ८६५ रहेको छ ।