शिखर इन्स्योरेन्सले कमायो ३१ करोड खुद नाफा

May 15, 2018 Merolagani

चालु आर्थिक बर्षको तेश्रो त्रैमासमा शिखर इन्स्योरेन्स (SICL) को खुद नाफा ३१ करोड एक लाख पुगेको छ । गत बर्षको तेश्रो त्रैमासमा २६ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले ४ करोड ३७ लाख रुपैयाँले खुद नाफा बढाएको हो ।

गत बर्ष २९ प्रतिशत बोनस वितरण गरेर एक अर्ब ५ करोड ७३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको शिखरको जगेडा कोषमा १८ करोड २० लाख रुपैयाँमा झरेको छ । उसको बीमा कोषमा ७९ करोड चार लाख रुपैयाँ सञ्चित छ ।

बार्षिक प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ११ पैसा कायम गरेको कम्पनीको प्रतिसेयर नेटवर्थ १९६ रुपैयाँ ९७ पैसा र मूल्यआम्दानी अनुपात २५.५४ गुणा रहेको छ । 

तेश्रो त्रैमाससम्ममा एक अर्ब २२ करोड ८८ लाख खुद बीमा शुल्क आर्जन गरेको इन्स्योरेन्सले गत बर्षभन्दा ८६ करोड ९७ लाख बढाएको छ । यस अवधिमा कम्पनीले ५५ करोड ७० लाख दाबी भुक्तानी गरेको छ । गत बर्षमा ३६ करोड ०९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

यस अवधिसम्ममा शिखरले दुई अर्ब ४५ करोड ९२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत बर्ष कुल बीमा शुल्क दुई अर्ब ३९ लाख रहेको थियो ।

शिखरले पाँच हजार ९५७ संख्याबाट परेको दाबीमा ८६ करोड एक लाख रुपैयाँ दाबी भुक्तानी गर्दा अझै चार हजार ५५२ वटाको ७३ करोड १२ लाख रुपैयाँ दाबी भुक्तानी हुन बाँकी रहेको हो ।

समीक्षा अवधिमा कम्पनीले जारी बीमालेखको संख्या दुई लाख १५ हजार पुर्याएको छ । गत बर्ष दुई लाख ९ हजार रहेको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।