कामना सेवाको लिलामी सेयरमा आवेदन गर्ने मंगलबार अन्तिम दिन

May 15, 2018 Merolagani

कामना सेवा विकास बैंक (KSBBL) को ८ लाख ४९ हजार ९६३ कित्ता लिलामी सेयरमा शिलबन्दी बोलपत्र पेश गर्ने मंगलबार अन्तिम दिन रहेको छ । बैंकले वैशाख २४ गतेदेखि लिलामी खुला गरेको थियो ।

 कामना सेवा विकास बैंकले साधारण समूहको दुई लाख १२ हजार १४६.८४ कित्ता र संस्थापक समूहको ६ लाख ३७ हजार ८१६.९३ कित्ता सेयर लिलामीमा ल्याएको हो । बैंकको सेयर विक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । 

लगानीकर्ताले विक्री प्रबन्धकको कार्यालय नागपोखरी नक्साल तथा एनएमबि बैंकको कार्यालयहरु विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, सुर्खेत र धनगढी तथा कामना सेवाको ज्ञानेश्वर काठमाडौं, बुटवल, पोखरा र नारायणगढ शाखाबाट समेत शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

बोलपत्र पेश गर्दा न्यूनतम एक सय रुपैयाँदेखि बढाबढ मूल्यमा, साधारण सेयर न्यूनतम १०० कित्ता तथा संस्थापक सेयर न्यूनतम एक हजार कित्तादेखि लिलामी खुला गरिएको सबै सेयर माग गर्न सक्नेछन् ।

कामना सेवा विकास बैंकको चैत ४ गते सम्पन्न सञ्चालक समितिको बैठकले निष्काशित ३० लाख ९४ हजार १५४ कित्ता हकप्रदमध्ये ३२ हजार २२२ आवेदकलाई २२ लाख ४४ हजार १९१ कित्ता हकप्रद बाँडफाँड गरेको थियो ।

बैंकको सेयरमूल्य मंगलबार प्रतिकित्ता १६५ रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।