मिर्मिरेको बोनस पाउन आजसम्म सेयरधनी बन्नुपर्ने

May 15, 2018 Merolagani

मिर्मिरे माइक्रोफाइनान्स (MMFDB) ले गत बर्षको नाफाबाट वितरण गर्ने ३०.८० प्रतिशत बोनस सेयर मंगलबारसम्म कायम सेयरधनीले पाउने भएका छन् । लघुवित्तले बुधबारदेखि सेयरधनी पुस्तिका बन्द गर्ने भएकाले बुकक्लोजको अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्नेछन्।

प्रस्तावित बोनस पारित गर्न कम्पनीले आगामी जेठ २५ गते साधारण सभा अनह्वान गरेको छ । सो सभाबाट बोनस अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिने गरिन्छ ।

अहिले लघुवित्तको चुक्ता पूँजी चार करोड ५० लाख रुपैयाँ रहेको छ । उल्लेखित बोनस सेयर बितरण पश्चात कम्पनीको चुक्ता पूँजी ५ करोड ७३ लाख रुपैयाँ पुग्नेछ ।

माईक्रोफाइनान्सको हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता हकप्रद धितोपत्र बोर्डको पाईपलाईनमा छ । कुनै परिमार्जन नभई हकप्रद निष्काशन भएको खण्डमा उसको चुक्ता पूँजी १० करोड २३ लाख रुपैयाँ पुग्नेछ ।

लघुवित्तको सेयरमूल्य मंगलबार प्रतिकित्ता ३२७० रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ ।।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।