एनएलजी इन्स्योरेन्सको खुद बीमाशुल्क घटेपनि कसरी बढ्यो नाफा ?

May 15, 2018 Merolagani

चालु आर्थिक बर्षको तेश्रो त्रैमासमा एनएलजी इन्स्योरेन्स (NLG) को खुद नाफा १५ करोड १० लाख पुगेको छ । गत बर्षको तेश्रो त्रैमासमा १२ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले २ करोड १२ लाख रुपैयाँले खुद नाफा बढाएको हो ।

कम्पनीले खर्चमा कटौती गरेर लगानी कर्जा तथा अन्य आय बढाएपश्चात खुद बीमा शुल्क घटेपनि नाफामा बढोत्तरी गर्न सकेको हो । लगानी कर्जा तथा अन्य आय गत बर्ष तीन करोड ५७ लाख रहेकोमा बढाएर ६ करोड ६४ लाख पुर्याएको छ । 

तेश्रो त्रैमाससम्ममा ५५ करोड ६० लाख खुद बीमा शुल्क आर्जन गरेको इन्स्योरेन्सको गत बर्षभन्दा ३ करोड ४७ लाखले खुद बीमा शुल्क घटेको छ । यस अवधिमा कम्पनीले ३२ करोड २५ लाख दाबी भुक्तानी गरेको छ । गत बर्षमा २० करोड ५१ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

यस अवधिसम्ममा एनएलजीले एक अर्ब ९ करोड ९४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत बर्ष कुल बीमा शुल्क एक अर्ब एक करोड ३२ लाख रहेको थियो । कम्पनीले पुनर्बीमा कमिशनबाट १३ करोड ७५ लाख आम्दानी गरेको छ ।

गत बर्ष २५ प्रतिशत बोनस वितरण गरेर ६४ करोड ४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा ८ करोड ५७ लाख रुपैयाँमा झरेको छ । उसको बीमा कोषमा ६५ करोड ६८ लाख तथा महाविपत्ती जगेडामा चार करोड २१ लाख रुपैयाँ सञ्चित छ ।

बार्षिक प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ४४ पैसा कायम गरेको कम्पनीको प्रतिसेयर नेटवर्थ २२२ रुपैयाँ ५४ पैसा र मूल्यआम्दानी अनुपात २६.६५ गुणा रहेको छ ।

इन्स्योरेन्समा ३ हजार ४१५ संख्याबाट परेको दाबीमा ५० करोड पाँच लाख रुपैयाँ दाबी भुक्तानी गर्दा अझै एक हजार ८५७ वटाको ८१ करोड ८२ लाख रुपैयाँ दाबी भुक्तानी हुन बाँकी रहेको छ ।

समीक्षा अवधिमा कम्पनीले जारी बीमालेखको संख्या गत बर्षभन्दा २२ हजार घटेर एक लाख २५ हजारमा झरेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।