साथै यी शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा,रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।
सिमरा,परवनीपुर,हापुरे,मकवानपुरगढी र चन्द्रौटा शाखाहरु सहित बैंकले ६७ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैंकिङ्ग सेवा तथा ५१ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।
चालू अावकाे तेश्राे त्रैमाससम्ममा बैंकले ४२ अर्ब ३६ करोड ३२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४२ अर्ब ०७ करोड ५६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । यस अवधिमा बैंककाे प्रतिसेयर आम्दानी ११ रुपैयाँ ७१ पैसा रहेको छ ।