सेयरबजारमा यसकारण भयो सात महिना यताकै न्यून कारोबार, नेप्से पनि घट्यो

May 15, 2018 Merolagani

मंगलबारको सेयर कारोबारमा अकस्मात उच्च गिरावट आएको छ । १४३ कम्पनीको कारोबार भएको बजारमा जम्मा १४ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो । जुन सात महिना यताकै न्यून कारोबार हो ।

 



मंगलबारको कारोबार रकम अघिल्लो दिन सोमबारको तुलनामा २८ करोड रुपैयाँ कम हो । सोमबार सेयरबजारमा ४२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

धितोपत्र बोर्डले ग्राहक पहिचान विवरण (केवाइसी) नविकरण नगर्ने ग्राहकलाई कारोबार नगराउन निर्देशन दिएपछि मंगलबारको सेयर कारोबारमा गिरावट आएको हो । धितोपत्र बोर्डले केही महिना अगाडि नै वैशाखमसान्तभित्र ग्राहक पहिचान विवरण (केवाइसी) नविकरण गराउन ब्रोकहरुलाई निर्देशन दिएको थियो । 

बोर्डको निर्देशन अनुसार ग्राहक विवरण नविकरण नगराउने लगानीकर्तालाई ब्रोकर कार्यालयहरुले कारोबारमा रोक लगाएका थिए । जसले गर्दा सेयर कारोबारमा भारी गिरावट देखिएको हो ।

मंगलबारको बजारमा १४३ कम्पनीको ३ लाख १९ हजार कित्ता सेयर १४ करोड ९२ लाख रुपैयाँ बराबरमा कारोबार भएको छ । यसदिन सबैभन्दा बढी मिर्मिरे माईक्रोफाइनान्सको ८६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो ।

ग्राहक पहिचान विवरण नविकरण नगर्नेले सेयर कारोबार गर्न नपाउने

न्यून रकमको कारोबार भएको बजारमा नेप्से परिसूचकमा समेत गिरावट आएको छ । यसदिन नेप्से ४.३२ अंकले घटेर १३३३.८५ अंकमा झरेको छ भने उत्पादन र व्यापार समूहका बाहेक सबै समूहका उप सूचकमा गिरावट आएको छ ।

यसदिन हिमालयन डिष्टलरीका लगानीकर्ताले सबैभन्दा धेरै झण्डै दश प्रतिशतका दरले कमाए भने जनउत्थान लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै चार प्रतिशतका दरले गुमाए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।