मिर्मिरे माइक्रोफाइनान्सको सेयरमूल्य समायोजन

May 16, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जमा बुधबार मिर्मिरे माइक्रोफाइनान्स (MMFDB) को सेयरमूल्य समायोजन भएको छ । कम्पनीको ३०.८० प्रतिशत बोनसपछि सेयरमूल्य समायोजन भएको हो ।

लघुवित्त कम्पनीको बोनसपछि प्रतिकित्ता सेयरमूल्य २५१८ रुपैयाँ ३५ पैसा निर्धारण भएको छ । यहि मूल्यलाई आधार मानेर कम्पनीको सेयर कारोबार बुधबार सुचारु भएको छ । नेप्सेमा १८० दिनमा कारोबार भएको सेयरमूल्यलाई आधार मान्दा यस कम्पनीको औसत आधारमूल्य २०४४ रुपैयाँ १७ पैसा कायम भएको छ ।

गत बर्षको नाफाबाट ३०.८० प्रतिशत बोनस सेयर वितरण गर्न लघुवित्तले बुधबारदेखि सेयरधनी पुस्तिका बन्द गरेको हो । यसअनुसार बुकक्लोजको अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्ने भएकाले जेठ १ गतेसम्म कायम सेयरधनीले मात्र बोनस सेयर प्राप्त गर्न र साधारण सभामा सहभागि हुन सक्नेछन् ।

कम्पनीले आगामी जेठ २५ गते साधारण सभा आह्वान गरेको छ । सो सभाबाट बोनस अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिने गरिन्छ । अहिले लघुवित्तको चुक्ता पूँजी चार करोड ५० लाख रुपैयाँ रहेको छ ।

उल्लेखित बोनस सेयर बितरण पश्चात कम्पनीको चुक्ता पूँजी ५ करोड ७३ लाख रुपैयाँ पुग्नेछ ।

माईक्रोफाइनान्सको हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता हकप्रद धितोपत्र बोर्डको पाईपलाईनमा छ । कुनै परिमार्जन नभई हकप्रद निष्काशन भएको खण्डमा उसको चुक्ता पूँजी १० करोड २३ लाख रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले २ करोड १२ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर अाम्दानी ६२ रूपैयाँ ६८ पैसा कायम गरेकाे छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।