प्राइम लाइफको सेयर लिलामीमा आवेदन खुल्यो

May 16, 2018 Merolagani

प्राइम लाइफ इन्स्योरेन्स (PLIC) को १६० प्रतिशत हकप्रदमा अवितरित २ लाख ७१ हजार ९७८ कित्ता साधारण सेयरमा बुधबारदेखि लिलामी आवेदन खुला भएको छ ।

प्राइम लाइफले चुक्ता पुँजी बढाउन गत फागुन २७ देखि बैशाख ३ गतेसम्म १६० प्रतिशत हकप्रद बिक्री खुला गरेकोमा सबै सेयरका लागि आवेदन नपरेपछि उक्त सेयर लिलामी गर्न लागेको हो ।

इच्छुक लगानीकर्ताले बिक्री प्रवन्धक लक्ष्मी क्यापिटल मार्केट्स नयाँ बानेश्वर, तथा लक्ष्मी बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, बुटवल, पोखरा, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट जेठ ९ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँदेखि बढाबढ मूल्यमा बोलपत्र पेश गर्न सक्नेछन् । आवदेन गर्दा न्यूनतम १०० कित्ता र १० ले भाग जाने संख्यामा अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइनेछ ।

गत बर्षको बोनस र हकप्रदपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ७८ करोड ४८ लाख रुपैयाँ पुग्नेछ ।

चालु आवको तेश्रो त्रैमासमा कम्पनीले १४ करोड ३१ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३१ रुपैयाँ २८ पैसा कायम गरेको छ । इन्स्योरेन्सको सेयरमूल्य बुधबार प्रतिकित्ता ७०३ रुपैयाँ हारारहारीमा कारोबार भएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।