सूर्योदय लघुवित्तको खुद नाफा ६० लाख घट्यो

May 16, 2018 Merolagani

चालु आर्थिक बर्षको तेश्रो त्रैमासमा सूर्योदय लघुवित्त (SLBS) को खुद नाफामा २९.४८ प्रतिशतले गिरावट आएको छ । गत बर्ष लघुवित्तले दुई करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा एक करोड ४४ लाख रुपैयाँमा खुम्चिएको हो ।

  १९ प्रतिशत बोनस वितरण गरेर ७६ लाख पूँजी वृद्धि गरेको लघुवित्तको आम्दानी घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी ६८ रुपैयाँ ४२ पैसाबाट ४० रुपैयाँ ५५ पैसामा सीमित भएको छ । निष्कृय कर्जा अनुपात १.१७ प्रतिशतमा बढेपछि कम्पनीको कर्जा नोक्सानी व्यवस्था २९ लाखबाट बढेर ४९ लाख ५४ हजार पुगेको छ ।

लघुवित्तको चुक्ता पूँजी ४ करोड ७६ लाख रुपैयाँ र जगेडा कोषमा ४ करोड ७८ लाख रुपैयाँ सञ्चित छ । यस अवधिमा लघुवित्तले ३५ करोड ६६ लाख रुपैयाँ निक्षेप संकलन गरेर र ७८ करोड ५० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । कम्पनीको निक्षेप संकलन १३ करोड ९६ लाख र कर्जा प्रवाह १७ करोड ९२ लाख रुपैयाँले बढेको छ ।

यस अवधिमा कम्पनीले ९ करोड ७८ लाख व्याज आम्दानी तथा ५ करोड ३८ लाख व्याज खर्च गर्दा गत बर्षभन्दा ८४ लाख कम चार करोड ३९ लाख खुद व्याज आम्दानी गरेको छ ।

तेश्रो त्रैमासमा भन्दा ३ करोडले बढी ब्याज खर्चबढेर खुद ब्याज आम्दानी घट्नुका अलवा कर्मचारी ८९ लाख रुपैयाँ, अन्य सञ्चालन खर्चमा ३० लाख बढ्दा कम्पनीको नाफामा कमि भएको हो । लघुवित्तले दुई करोड ७६ लाख कर्मचारी खर्चमा र एक करोड ०६ लाख रुपैयाँ अन्य सञ्चालन खर्च गरेको छ ।

कम्पनीको पूँजी कोष अनुपात २ प्रतिशत घटेर ११.५१ प्रतिशत कायम हुँदा तरलता अनुपात १४.८० प्रतिशत रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।