समता माईक्रोफाइनान्सको खुद नाफा करोड घट्यो

May 16, 2018 Merolagani

चालु आर्थिक बर्षको तेश्रो त्रैमासमा समता माईक्रोफाइनान्स (SMATA) ले ५६ लाख ७२ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ । गत बर्षको तेश्रो त्रैमासमा माईक्रोफाइनान्सले एक करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको नाफा एक करोड आठ लाख रुपैयाँले घटेको हो ।

पूँजी वृद्धि र नाफामा देखिएको संकुचनले लघुवित्तको प्रतिसेयर आम्दानी ६९ रुपैयाँ ७१ पैसाबाट १९ रुपैयाँ ९४ पैसामा झरेको छ । ३ करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको समताको जगेडा कोषमा एक करोड ५९ लाख रुपैयाँ सञ्चित छ । कम्पनीले पूँजी २० प्रतिशतले बढाउँदा जगेडा कोष ३३ प्रतिशतले घटेको छ । 

गत बर्षको भन्दा ८९.४० प्रतिशतले निक्षेप संकलन बढाएर लघुवित्तले २२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ६१ करोड ९९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । लघुवित्तको कर्जा ६८ प्रतिशतले बढाएको हाे। खराब कर्जा अनुपात ०.७१ प्रतिशत रहेको लघुवित्तकाे यस अवधिमा कर्जा नोक्सानी व्यवस्था रकम १३२ प्रतिशतले बढेर ६६ लाख पुगेको छ ।

कम्पनीले खुद व्याज आम्दानी गत बर्षको तुलनामा २३ लाख बढाएर २ करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ । तर कर्मचारी खर्चमा एक करोड ५४ लाख तथा अन्य सञ्चालन खर्च ९५ लाख गर्दा लघुवित्तको सञ्चालन नाफा गत बर्षभन्दा ७७ प्रतिशतले खुम्चिएर ३६ लाख ३३ हजार कायम भएकाे छ ।

२० लाख खराब कर्जा असुली गरेर लघुवित्त कम्पनीले ५६ लाख रूपैयाँ खुद नाफा मुस्किलले कायम गरेको देखिन्छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।