रैराङ हाइड्रोको आइपिओमा अावेदन गर्ने बिहीबार अन्तिम दिन, कति गर्ने आवेदन ?

May 17, 2018 Merolagani

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (RAIRANG) को ८ करोड ४० लाख रुपैयाँ बराबरको आइपिओमा अावेदन गर्ने बिहीबार अन्तिम दिन रहेकाे छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा बैशाख ३१ गतेदेखि कर्मचारी र सर्वसाधारणलाई सहित ८ लाख ४० हजार कित्ता आइपिओ निष्काशन गरेको छ ।

कम्पनीको सेयर बिक्री तथा निष्काशनका लागि एनआइबिएल एस क्यापिटल लिमिटेडका अनुसार ८ लाख ४० हजार कित्ता सेयरमध्ये ३३ हजार ६ सय कित्ता संस्थाका कर्मचारी र ४२ हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले ७ लाख ६४ हजार ४ सय कित्ता सेयरका लागि आवेदन गर्न पाउनेछन् ।

आइपिओमा बिहीबार दिउसाे ३ बजेसम्म मात्र आवेदन गर्न पाईनेछ । लगानीकर्ताले न्यूनतम ५० कित्ता अर्थात ५ हजार रुपैयाँदेखि अधिकतम ४ हजार २ सय कित्ता अर्थात चार लाख २० हजार रुपैयाँसम्मको आवेदन दिन पाउने एनआइबिएल एस क्यापिटलले जनाएको छ ।

लगानीकर्ताले एनआइबिएल एस क्यापिटल लाजिम्पाट, रैराङ हाइड्रो डेभलपमेन्ट प्रालि थापाथली र नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट सि आश्वा मार्फत आवेदन दिन सक्नेछन् । त्यस्तै मेरो शेयरका प्रयोगकर्ताले घरमै बसी इन्टरनेटको माध्यमबाट आइपिओमा आवेदन गर्न सक्नेछन् ।

कम्पनीले निष्कासन गर्न लागेको आइपिओलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ दिएको छ । यसको मतलब तुलनात्मक रुपमा कम्पनीको आइपिओ औषत भन्दा कमजोर रहेको छ ।

यसअघि कम्पनीले गत जेठमा आयोजना प्रभावित पाँचथर र ताप्लेजुङका स्थानीयबासीका लागि ५ लाख ६० हजार कित्ता आइपीओ जारी गरेर बाँडफाँड समेत गरिसकेको छ ।

हाल कम्पनीको जारी पुँजी ५६ करोड रुपैयाँ रहेको छ भने संस्थापक सेयरधनीको स्वामित्व ७५ प्रतिशत रहेको छ ।

रैराङले पाँचथर र ताप्लेजुङको सिमा क्षेत्रमा ९.९ मेगावाटको इवाखोला जलविद्युत आयोजना निमार्ण गरेको छ । इवाखोला जलविद्युत आयोजनामा २५ प्रतिशत बराबरको १४ लाख कित्ता सेयर रिडी हाइड्रोपावरको नाममा रहेको छ । रैराङ हाइड्रोपावरले यसअघि धादिङमा ५०० किलोवाट क्षमताको जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विद्युत्त उत्पादन गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।