ग्रीन डेभलपमेन्ट बैंकको सेयर लिलामी जेठ १० गतेदेखि

May 17, 2018 Merolagani

ग्रीन डेभलपमेन्ट बैंक (GRDBL) ले जेठ १० गतेदेखि हकप्रदमा बिक्री नभएको सेयर लिलामी गर्ने भएको छ । बैंकले हकप्रदमा सबै सेयर बिक्री नभएपछि ६ लाख ५१ हजार २१३ कित्ता सेयर लिलाम बढाबढमा इच्छुक लगानीकर्तालार्इ विक्री गर्न लागेकाे हाे ।

ग्रीन डेभलपमेन्ट बैंकले यसअघि माघ १० देखि फागुन २३ गतेसम्म ४०० प्रतिशत हकप्रद जारी गरेकाे थियाे । साे समयमा ३ लाख ३७ हजार ५०० कित्ता संस्थापक र ३ लाख १३ हजार ७१३ कित्ता साधारण सेयरमा माग आवेदन नपरेपछि लिलामी मार्फत विक्री गर्न लागेको हो । 

लिलामीका लागि इच्छुकले बैंकको सेयर बिक्री प्रवन्धक लक्ष्मी क्यापिटल मार्केट्सको साथै तल उल्लेखित स्थानबाट जेठ १० देखि १७ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

बैंकको सेयरमूल्य बुधबार प्रतिकित्ता १५७ रुपैयाँमा कारोबार भएको छ । ४० कराेड रूपैयाँ चुक्त्ता पूँजी रहेकाे  बैंकले  चालू आवको तेश्रो त्रैमासमा २५ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएकाे छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।