कम्पनीले १० कित्ता बराबर ३ कित्ताको अनुपातमा २ लाख ३३ हजार २८० कित्ता सेयर निष्काशन गर्न लागेको हो । सेयरधनीले नेपाल धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट सी–आस्वा प्रणाली मार्फत हकप्रदमा आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नक्साल, वोमी माइक्रोफाइनान्सको कार्यालय खानिखोला धादिङ, तथा यसका सम्पूर्ण शाखा कार्यालयबाट समेत हकप्रदमा आवेदन दिन सकिने जनाइएको छ ।
हकप्रदमा आवेदन गर्ने अन्तिम दिन असार १९ गते तोकिएको छ । चालू आर्थिक बर्षको तेश्रो त्रैमासका लघुवित्तले दुई करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ५० रुपैयाँ ६० पैसा कायम गरेको छ ।
कम्पनीको विहीबार प्रतिकित्ता सेयरमूल्य १८५० हाराहारीमा रहेकाे छ ।