एशियन लाइफको ४ प्रतिशत बोनस सुरक्षित गर्ने अन्तिम दिन

May 17, 2018 Merolagani

एशियन लाइफ इन्स्योरेन्स (ALICL) को बोनस सुरक्षित गर्ने विहीबार अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक बर्षको नाफाबाट ४ प्रतिशत बोनसका लागि शुक्रबार सेयरधनी किताब बन्द गर्देछ । बोनस पाउन बुकक्लोजको अघिल्लो दिनसम्म सेयरधनी कायम हुनुपर्छ । कम्पनीकाे सेयरमूल्य ८६५ रूपैयाँ हाराहारीमा रहेकाे छ ।

इन्स्योरेन्स कम्पनीले बोनस पारित गर्न जेठ १९ गते होटल भिष्वा वीरगञ्जमा १० औं वार्षिक साधारणसभा आह्वान गरेको छ । बोनसपछि कायम हुने पूँजीको ६० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव समेत कम्पनीले सभामा लैजादैछ ।

बीमा समितिले दिएको निर्देशन अनुरुप २ अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्न कम्पनीले बोनपश्चात ६० प्रतिशत हकप्रद जारी गर्न लागेको हो । कम्पनीले चार प्रतिशत बोनसपश्चात कायम हुने चुक्ता पूँजी एक अर्ब २५ करोड ६७ लाख २५ हजार रुपैयाँको ६० प्रतिशत बराबर अर्थात ७५ करोड ४० लाख ३५ हजार रुपैयाँको हकप्रद ल्याउन लागेको हो ।

त्यस्तै कम्पनीले हाल रहेको संस्थापक साधारण पूँजी संरचना ७०ः३० को अनुपातबाट ५१ः४९ कायम गर्ने भएको छ । अहिले रहेको ७० प्रतिशत संस्थापक स्वामित्वमा १९ प्रतिशत घटाएर साधारण सेयरको अनुपात बढाउन लागेको हो ।

इन्स्योरेन्सले २ अर्बबाट बढाएर अधिकृत पुँजी ५ अर्ब रुपैयाँ पुर्याउने भएको छ । सेयर संरचना परिवर्तनपछि सञ्चालक समितिमा परिवतर्न गरी ४ जना संस्थापक, २ जना सर्वसाधारण र एकजना स्वतन्त्र सञ्चालक गरि ७ सदस्यीय सञ्चालक समिति कायम गर्ने प्रस्ताव पनि सभामा रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।