प्रभु इन्स्योरेन्सकाे ४६ प्रतिशत हकप्रदका लागि बुकक्लोज तय

May 17, 2018 Merolagani

प्रभु इन्स्योरेन्स (PRIN) ले ४६ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने प्रयोजनका लागि जेठ १४ गते सेयरधनी किताब बन्द गर्ने भएको छ । यसअनुसार जेठ १३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन् ।

प्रभु इन्स्योरेन्सले धितोपत्र बोर्डबाट बैशाख २७ गते १० बराबर ४.६ कित्ता अनुपातमा ३१ लाख ६६ हजार ६७७. ६३ कित्ता हकप्रद सेयर निष्कासन गर्न स्वीकृती प्राप्त गरेको थियो । जसमा विक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्देछ ।

इन्स्योरेन्सले जारी गर्ने हकप्रद बिक्री पश्चात उसको चुक्ता पूँजी बीमा समितिले तोके बमोजिम एक अर्ब रुपैयाँ नाघ्ने भएको छ ।

कम्पनीको गत कात्तिक २१ गते सम्पन्न साधारणसभाले १९.२० प्रतिशत बोनस पश्चात ४६ प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव पारित गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी ६८ करोड ८४ लाख रुपैयाँ छ । हकप्रद बिक्रीपछि प्रभुको चुक्ता पुँजी १ अर्ब ५० लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

 

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा इन्स्योरेन्सले १८ करोड रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ५० पैसा रहेको प्रभुको प्रतिसेयर नेटवर्थ भने २०७ रुपैयाँ छ । उसको प्रतिकित्ता सेयरमूल्य ७८० रूपैयाँ हाराहारीमा काराेबार भैरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।