एकै दिन नबिल बैंकको ५ शाखा कार्यालय विस्तार

May 17, 2018 Merolagani

नबिल बैंक (NABIL) ले ५ नयाँ शाखा कार्यालयको स्थापना गरेको छ । बैंकले रुपन्देही सम्मरीमाई गाउँपालिका, जुम्ला तिला गाउँपालिका, सुर्खेत बराहताल गाउँपालिका, बझाङ्ग वित्थडचिर गाउँपालिका तथा डढेलधुरामा नयाँ शाखा कार्यालयको स्थापना गरेको हो ।

व्यवसायिक र प्रभावकारी बैंकिङ्ग सुविधाहरु प्रदान गर्न तथा ग्रमिण समुदायमा बैंकिङ्ग सेवा प्रदान गर्न उद्देश्यले शाखा कार्यालयको विस्तार गरेको बैंले जानकारी गराएको छ ।

नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले अवलम्वन गरेको निति, कम्तिमा एक स्थानीय तहमा एउटा बाणिज्य बैंकको शाखा, होस भन्ने भावनाले ती ठाउमा बैंकले ग्राहक सुविधा उपलब्धताको लागि शाखा सञ्चालनमा ल्याएको बैंकले जानकारी गारएको छ ।

थपिएका शाखासगै नबिल बैंकले ६७ शाखा कार्यालयबाट बैंकिङ्ग सेवा प्रदान गर्ने भएको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।