जलविद्युत कम्पनीहरुको तेस्रो त्रैमास यस्तो, तथ्यलाई विश्वास गर्ने कि नगर्ने ?

May 17, 2018 Merolagani

- परमेश्वर अधिकारी
नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत जलविद्युत कम्पनीहरुको वित्तीय विबरणले औसतमा कमाई घटेको देखाएको छ । कम्पनीका आधारमा केही कम्पनीको कमाई बढे पनि सबै कम्पनीको समग्र अवस्थाले यस्तो देखाएको हो । प्रत्यक्ष नियमनकारी निकाय नभएका कारण मनपरी प्रतिवेदन निकालेका कम्पनीको अवस्थालाई आँखा चिम्लेर विश्वास गर्ने कुनै आधार देखिँदैन ।

नियमनकारी निकाय नभएको कमजोरीलाई आफ्नो स्वार्थ अनुरुप सदुपयोग गर्दै आएका जलविद्युत कम्पनीहरुलाई प्रत्यक्ष नियमनको आवश्यक्ता मेरोलगानीले आंल्याउँदै आएको छ । यस क्रममा नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएका मध्ये १५ जलविद्युत कम्पनीहरुको वित्तीय विबरणका मुख्य विषय यहाँ केलाउने जमर्को गरिएको छ । तर यो तथ्यलाई नै विश्वसनीय आधार नमान्न र कम्पनीको वास्तविक अवस्था आफुले पनि अध्ययन गर्न लगानीकर्ताहरुलाई मेरोलगानी अनुरोध गर्दछ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमास र अहिलेको खुद नाफाको अवस्थालाई हेरौं । जहाँ ६ कम्पनीको खुद नाफा केही बढेको छ भने ३ कम्पनीको खुद नोक्सानको आकार घटेको छ । बाँकी ६ कम्पनीको खुद नाफा गत वर्षको तुलनामा घटेको छ । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विबरणका आधारमा यो तथ्य हेर्नुहोस् । हामी फेरी पनि भन्छौं, जलविद्युत कम्पनीहरुले प्रकाशन गर्ने वित्तीय विबरणलाई पूर्ण विश्वस्त मान्न नसक्ने अवस्था हुन्छ । बाँकी निर्णय गर्ने जिम्मा तपाईको ।

अब कम्पनीहरुको प्रतिसेयर आम्दानी, बजार मूल्य र मूल्य आम्दानी अनुपातको अवस्थालाई हेरौं । जहाँ बुटवल पावरको प्रतिसेयर आम्दानी शिर्षस्थानमा रहेको देखिए पनि उसले वित्तीय विबरणमा पूँजीकृत हुने एफपीओको रकम लुकाउँदा प्रतिसेयर आम्दानी वास्तविक छैन । जसले उसको मूल्य आम्दानी अनुपात पनि अवास्तविक बनाएको छ ।

तालिकामा १५ जलविद्युत कम्पनीको प्रतिसेयर आम्दानी, जेठ ३ गते बिहीबार दोस्रो बजारमा कायम भएको प्रतिकित्ता सेयरमूल्य र सोही सेयरमूल्यका आधारमा निकालिएको मूल्य आम्दानी अनुपातको आँकडा यस्तो छ ।

अब चुक्ता पूँजी र जगेडा कोषका आधारमा जलविद्युत कम्पनीहरुको वित्तीय विबरणको तथ्यांक हेरौं । चिलिमे जलविद्युत कम्पनीको सबैभन्दा धेरै पूँजी रहेको देखिन्छ । सानिमा माई, बुटवल पार लगायत कम्पनीको पूँजी क्रमिक रुपमा दोस्रो तेस्रो स्थानमा छन् । जगेडा कोषका आधारमा भने एफपीओ बिक्री गरेको बुटवल पावरसँग धेरै रकम रहेको वित्तीय विबरणमा आधारित तथ्यले देखाउँछ । त्यस पछि चिलिमेसँग सबैभन्दा धेरै जगेडा सञ्चित छ । जसलाई तालिकामा यसरी प्रस्तुत गरिएको छ ।

मेरोलगानीले बुधबार मात्र जलविद्यु कम्पनीहरुले नियामक नभएको मौकामा कम्पनीहरुले गर्ने ढाकछोपका केही उदाहरण सार्वजनिक गरिसकेको छ । यस सन्दर्भमा माथि उल्लेख भएका विबरण नै आधिकारिक हुन्, पूर्ण विश्वस्त छन् भन्न सकिन्न । बाँकी निर्णय तपाईको ।

...[जलविद्युत कम्पनीहरुको लगानीकर्ता फसाउने गोलमटोल वित्तीय विवरण, कसले गर्ने नियमन ?]...

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।