एशियन लाईफ र वोमी माईक्रोफाइनान्सको सेयरमूल्य समायोजन

May 18, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जमा शुक्रबार एशियन लाईफ इन्स्योरेन्स  र वोमी माईक्रोफाइनान्स (WOMI) को सेयर मूल्य समायोजन भएको छ । एशियनको बोनस तथा वोमीको हकप्रदपछि मूल्य समायोजन भएको हो ।

एशियन लाईफ (ALICL) को ४ प्रतिशत बोनसपछि प्रतिकित्ता सेयरमूल्य ८२० रुपैयाँ १९ पैसामा समायोजन भएको छ भने वोमी माईक्रोफाइनान्सको ३० प्रतिशत हकप्रदपछि प्रतिकित्ता एक हजार ४३० रुपैयाँ ७७ पैसामा सेयरमूल्य समायोजन भएको हो ।

नेप्सेमा १८० दिन कारोबार भएको सेयरमूल्यको आधारमा एशियनको औसत आधारमूल्य ८५६ रुपैयाँ १० पैसा कायम भएको छ भने वोमी माइक्रोफाइनान्सको औसत आधारमूल्य एक हजार ३६८ रुपैयाँ ८८ पैसा निर्धारण हुन आएको छ ।

दुबै कम्पनीले शुक्रबार बुकक्लोज गरेका हुन् । समायोजित मूल्यलाई आधार मानेर आइतबारको दुबै कम्पनीको सेयर कारोबार सुरु हुनेछ ।

एशियन लाइफको ४ प्रतिशत बोनस सुरक्षित गर्ने अन्तिम दिन

वोमी माइक्रोफाइनान्सको हकप्रद जेठ १६ गतेदेखि

वोमी माईक्रोफाइनान्सले जेठ १६ गतेदेखि हकप्रद जारी गर्देछ भने एशियन लाईफ इन्स्योरेन्सले बोनस पारित गर्न जेठ १९ गते साधारण सभा आह्वान गरेको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।